विदेश
काठमाडौं । इथियोपियामा यात्री सवार बस दुर्घटना हुँदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ । इथियोपियाको लेगाम्बो जिल्लामा भएको दुर्घटनामा २८ पुरुष र १० महिला गरी ३८ जनाको मृत्यु भएको समाचार एजेन्सी अफ्रिका न्युजले जनाएको छ ।
दुर्घटनामा १० जना घाइते भएको जनाइएको छ । उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४ १३:४३
प्रतिक्रिया दिनुहोस्