site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनः निर्वाचित
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएकी छन् । मंगलबार भएको निर्वाचनमा भण्डारीले ३९ हजार २७५ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल, राप्रपा लगायतका राजनीतिक दलको समर्थन थियो ।  राष्ट्रपति निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्य गरी जम्मा ८६२ जना निर्वाचक मण्डलका सदस्यहरुले मतदान गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

भण्डारीले निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल ५२ हजार ५०१ मतको बहुमत प्राप्त गरेकी छन् । राष्ट्रपतिकी अर्की उमेदवार कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेकी थिइन् ।

राष्ट्रपति उ्मेदवार भण्डारीले निकटम प्रतिद्वन्द्वी राईले भन्दा २७ हजार ५४५ बढी मत प्राप्त गरी निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल मतको बहुमत प्राप्त गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

Global Ime bank

नेपालको संविधानको धारा ६२ (३) मा तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था छ ।  भण्डारीका पक्षमा संघबाट १९ हजार ५५ र प्रदेशबाट १९ हजार ९२० मतभार प्राप्त भएको थियो भने राईको पक्षमा संघबाट ६ हजार १६२ र प्रदेशबाट ५ हजार ५६८ मतभार प्राप्त भएको थियो ।
निर्वाचनमा प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १३ सांसद अनुपस्थित भएका थिए । 

प्रतिनिधिसभा सदस्यहरू डा.बाबुराम भट्टराई, रेशम चौधरी, प्रेम सुवाल, रमेशप्रसाद यादव र जितेन्द्रनारायण देव तथा प्रदेशसभा सदस्यहरू सुरेन्द्र गोसाई, हरिसरण आचार्य, हिमबहादुर शाही, सिर्जना सयजु, दिन पन्त, धनमाया पोखरेल लामा, कृण्णबहादुर चौधरी, प्रलाद गिरी शोभा शाक्य, प्रेमबहादुर तामाङ, विराजभक्त श्रेष्ठ, रमेश पौडेल र मनिषकुमार सुमन मतदानमा सहभागी भएनन् ।

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC