site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उत्तर कोरियाकोसन्देशप्रति चीन खुसी, अमेरिका र जापान अझै शंकामा

बीबीसी । कोरियाली प्रायद्विपमा स्थायी शान्ति कायम राख्न उत्तर र दक्षिण कोरियाका प्रमुखले आगामी अप्रिलमा अर्को बैठक बस्ने बताएपछि चीनले यस खबरप्रति अत्यन्तै खुसी व्यक्त गरिरहेको बताइएको छ । सुरुवात देखि नै चीनले उत्तर कोरियामाथि प्रतिबन्ध भन्दा छलफल र वार्ता गरि समस्या सुल्झाउन प्रोत्साहन गर्दै आएको छ ।

अमेरिका र संयुक्त राष्ट्र संघको प्रतिबन्धलाई पनि चीनले राम्रो मान्ने गरेको छैन । यस्तोमा अमेरिकासँग पनि वार्ता सम्भव हुने देखिएपछि उत्तरको सबैभन्दा नजिकको व्यवसायी मित्र चीनले यसबारे राम्रो प्रतिक्रिया दिइरहेको बीबीसीले बताएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उता दक्षिण कोरियाले अमेरिकाको सुझावलाई पनि ख्याल गर्दै शान्ति प्रक्रिया अघि बढाइएपनि अहिले नै प्रतिबन्ध हटाउनु भने उचित नहुने बताइरहेको छ । उत्तर कोरियाको आणविक हतियार सम्बन्धि मुद्दा पूर्ण रुपमा समाधान नभएसम्म यसमा हतार नगर्न अमेरिकाले लगातार चेतावनी दिँदै आएको छ । यस्तोमा प्योङयोङ भ्रमणबाट फर्किसकेपछि किमको सन्देश लिएर वार्ताका लागि अमेरिका जाँदै गरेका दक्षिण कोरियाली प्रतिनिधिहरुबाट पनि धेरै अपेक्षा गरिएको छ । उनीहरुले अमेरिकासँग यसबारेमा अन्तिम छलफल गरिसकेपछि मात्र दक्षिण कोरियाको प्रयास सफल भए नभएको प्रष्ट हुने विज्ञहरुको भनाइ छ ।

प्योङयोङ भ्रमण सफल भएको बताउँदै अहिले दक्षिण कोरियाले ‘भविष्यमा आफ्नो राष्ट्रलाई कुनै खतरा नहुनेमा अमेरिकाले ग्यारेन्टी दिन सके उत्तर कोरिया हतियार त्याग गर्न तयार रहेको’ भन्दै उत्तर कोरियाले संकेत दिएको दाबी गरेको छ । प्योङयोङ वार्ताका लागि गएका राष्ट्रिय सुरक्षाका सल्लाहकार छङ इवी योङले संचारकर्मीसँग यस्तो बयान दिए, ‘ हामीले अहिले सम्पूर्ण कुराबारे खुलासा गर्न मिल्दैन तरपनि उत्तर कोरियासँगको वार्ता धेरै हदसम्म सफल रह्यो । त्यसकारण अझै थुप्रै सहमतिका मुद्दाबारे हामी अमेरिका भ्रमणमा छलफल गर्नेछौँ ।’ यसै विषयमा कुरा गर्न अमेरिकापछि उनी र गुप्तचरका अर्का अधिकारी रुस, चीन र जापान समेत जाने बताइएको छ ।

पछिल्लो वर्ष उत्तर कोरिया र अमेरिकाबीच अत्यन्तै तनावग्रस्त स्थिति रहेको थियो । राष्ट्रपति ट्रम्प र नेता किमबीच लगातार अपमानजनक शब्द आदानप्रदान भएको थियो भने अकोतर्फ उत्तर कोरियाले अमेरिकासम्म पुग्न सक्ने मिसाइलको सफल परीक्षण गरेको दाबी गरेपछि युद्धको स्थिति आउनसक्नेमा विश्वभरबाट चिन्ता व्यक्त गरिएको थियो ।

तर शीतकालिन ओलम्पिकपछि भने उत्तर कोरियाले धेरै नम्रपूर्वक दक्षिणसँग सम्बन्ध अघि बढाउने प्रयास गरिरहेको देखिएको छ । तरपनि उत्तर कोरियाले बोलीमा जसरी व्यवहारमा पनि परिवर्तन ल्याउनेबारे जापानका प्रधानमन्त्री भने अझै शंकामा रहेको बताइरहेका छन् । गत वर्ष उत्तर कोरियाले दुईपटकसम्म जापानको आकाशमा मिसाइल उडाइसकेकाले पनि प्रधानमन्त्री आबेले यस विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै आएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०७४  ०६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro