विदेश
काठमाडौं । चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ ।
सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय)मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।
- संखुवासभामा क्षतिको विवरण छैन, १५/२० सेकेन्ड हल्लायो : प्रहरी
- ७ म्याग्निच्युडको भूकम्पले काठमाडौंमा हल्लाएको थियो २०–२५ सेकेन्ड
- ६ वटा परकम्प गइसक्यो, भूकम्पविद् लोकविजय भन्छन्– ठूलो परकम्प आउन सक्छ
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ ०९:५१
प्रतिक्रिया दिनुहोस्