site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपतिको अपिल

बेइजिङ । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मंगलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सी जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिएका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले महत्त्वपूर्ण निर्देशन दिँदै घाइतेहरूको उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न आग्रह गरेका हुन् । साथै, उनले प्रभावित बासिन्दालाई उचित रूपमा पुनर्स्थापना गर्न पनि आग्रह गरे । 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिका सदस्य तथा प्रधानमन्त्री ली छ्याङले मंगलबार उद्धार कार्य सञ्चालन गर्न आह्वान गरेका थिए । 

उनले भूकम्प प्रभावित क्षेत्र चिसो पठार क्षेत्रमा पर्ने भएकाले प्रभावित जनताको आधारभूत जीविकोपार्जनको सुनिश्चितता र जाडोमा न्यानो रहनका लागि हरसम्भव उपाय अपनाउनुपर्ने बताए । 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य उपप्रधानमन्त्री झाङ गुओ छिङले भूकम्प गएको ठाउँमा टोलीको नेतृत्व गरेका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro