site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी केन्द्रले भोलिसम्ममा मन्त्रीको नाम टुंगो लगाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । माओवादी केन्द्रले शनिबारसम्ममा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री पठाउने भएको छ । आकांक्षी धेरै भएपछि बिहीबार साँझ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी हेडक्वाटर बैठकले दाहाल, रामबहादुर थापा बादल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई मन्त्रीको नाम फाइनल गर्ने जिम्मा दिएको थियो ।

नेता श्रेष्ठले शनिबारसम्ममा आफूहरुले प्रत्येक प्रदेशबाट योग्यता र क्षमताको आधारमा मन्त्रीहरु छान्ने जानकारी दिए । “भोलिसम्ममा माओवादी केन्द्रबाट को को सरकारमा सहभागी हुने भनेर टुङ्गो लगाउँछौं । छलफल चलिरहेको छ । प्रत्येक प्रदेशबाट स्वच्छ छवि भएका, योग्यता र क्षमताको आधारमा मन्त्रीहरु छान्दैछौं,” श्रेष्ठले भने । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको प्रक्रिया अगाडि बढिसकेको भन्दै उनले दुवै पार्टीका नेतादेखि कार्यकर्तामा उत्साह छाएको पनि बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

नेता श्रेष्ठले  २५ गतेभित्रमा प्रतिवेदन मस्यौदा कार्यदल र विधान मस्यौदा कार्यदलले आफ्नो रिपोर्ट बुझाउने र चैतको पहिलो हप्तामा पार्टी एकताकवो घोषणा हुनसक्ने सम्भावना व्यक्त गरे । 

एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय पाउने गरी भागवण्डा भइसकेको छ । एमालेको भागमा अर्थ तथा योजना, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना सञ्चार, कानुन, न्याय तथा संसदीय मामिला, पर्यटन, शिक्षा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परेको  छ । त्यस्तै माओवादी केन्द्रको भागमा गृह, जलस्रोत तथा ऊर्जा, उद्योग, वाणिज्य तथा आपूर्ति, शहरी विकास, आवास खानेपानी तथा सरसफाइ, वन तथा वातावरण, कृषि, सहकारी तथा भूमि व्यवस्थापन, श्रम तथा रोजगार तथा महिला बालवालिका मन्त्रालय परेको छ ।

Global Ime bank

अहिले मन्त्रिमण्डलमा एमालेबाट लालबाबु पण्डित र थममाया थापामगर मात्र छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC