site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लुकाकुको दुई गोल, म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । एफए कप अन्तर्गत शनिबार राति भएको पाँचौ चरणमा हडर्स्फिल्ड टाउनलाई २–० ले हराउँदै युनाइटेड क्वाटरफाइनलमा पुगेको हो ।

हडर्स्फिल्डको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन दुवै गोल रोमेरो लुकाकुले गरेका थिए । लुकाकुले दुवै हाफमा समान एक  एक गोल गर्दै युनाइटेडलाई क्वाटरफाइनलमा पुर्राए ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफको तेस्रो मिनेटमै गोल गर्दै लुकाकुले युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा हुवान माटाले गोल गरेपनि भीएआर प्रविधिमा अफसाइड देखिएपछि गोलको मान्यता पाएन । दोस्रो हाफको ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लुकाकुले युनाइटेडलाई २ – ० को जित दिलाए । लुकाकुको यो सिजनको २० औं गोल समेत हो ।

एफए कप अन्तर्गत नै शनिबार राति साउथह्याम्पटनले वेष्ट ब्रुमलाई २ – १ ले हराउदै क्वाटरफाइनलमा स्थान बनाएको छ । यस्तै ब्राइटनले कोभेन्ट्री सिटीलाई ३ – १ ले हराउँदा सेफिल्ड र स्वान्सीले गोल रहित बराबरी खेल्दै रिप्ले खेल खेल्नुपर्ने भएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०७४  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC