site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सञ्जीवनी’ लिएर आइन् कल्पपुञ्ज
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गजलकार तथा उपन्यासकार कल्पना श्रेष्ठ कल्पपुञ्जको उपन्यास ‘सञ्जीवनी’ शुक्रबार विमोचन गरिएको छ । समीक्षक महेश पौड्याल, राम लोहनी, साहित्यकार भुवनहरि सिग्देल, लेखक रजनी ढकाल र काठमाडौं बहिरा संघकी अध्यक्ष सत्यादेवी वाग्लेले उक्त उपन्यास काठमाडौंस्थित सर्वनाम थिएटरमा विमोचन गरेका हुन् । 

उपन्यासमाथि बोल्दै समीक्षक पौड्यालले सञ्जीवनी फरक क्षमता भएका पात्रमाथि लेखिएको एक फरक उपन्यास भएको बताए । 

पौड्यालले नेपाली साहित्यमा उपन्यासकार लैनसिंह बाङ्गदेलको उपन्यास ‘लङ्गडाको साथी’ जस्तै प्रभाव पार्नसक्ने यस उपन्यासको विशेषता रहेको बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

पौड्यालले भने, “विशेष क्षमता भएकाहरुमाथि लेखिएका नेपाली उपन्यासहरुको हारमा सञ्जीवनी पनि उभिन आइपुगेको छ ।”

त्यस्तै लेखक रजनी ढकालले नेपाली समाजमा इज्जतको सवाल महिलाले मात्र पेश गरिरहनु परेको यथार्थ उपन्यासले उठाएको बताउँदै भनिन्, “सञ्जीवनी संवेदेनाहीनहरुलाई पूनर्जीवन दिने प्रथम पुरुष शैलीमा लेखिएको आख्यान हो ।”

Royal Enfield Island Ad

समीक्षक लोहनीले सञ्जीवनी प्रशंसा गर्न योग्य साहित्यिक रचना भएको टिप्पणी गरे । उनले थपे, “यति हुँदाहुँदै पनि लेखकद्वारा विशेष क्षमता भएकाहरुमाथि गरिएको अनुसन्धान केही कमजोर हो कि ? जस्तो देखिएको छ ।”

उपन्यासकी लेखक कल्पपुञ्जले फरक क्षमता भएकाहरुले बोल्ने मौलिक र विशेष प्रकारका शब्दहरु उपन्यासमा समेटेको बताइन् ।

फरक क्षमता भएकाहरुमा रहेको अन्तरनिहित तीक्ष्णताले नै आफूलाई यो उपन्यास लेख्न प्रेरित गरेको धारणा राखिन् । साथै उनले स्याङ्जास्थित आँधिखोला–किनार आसपासमा बितेको आफ्नो बाल्यकालीन स्मृति र अनुभूतिहरुले पनि उपन्यास लेखनमा थप ऊर्जा र विषयवस्तु प्रदान गरेको बताइन् ।

साहित्यकार सिग्देलले सञ्जीवनीजस्तो विशेष महत्वको उपन्यास सिर्जना गरेकोमा सर्जकलाई शुभकामना व्यक्त गरे ।

संघकी अध्यक्ष वाग्लेले यस्तो प्रकारको उपन्यास बजारमा आएकोमा आफूलाई खुसी लागेको र आफूहरुका यावत समस्या बाहिर ल्याउन साहित्यकारहरुले निरन्तर कलम चलाउनुपर्ने दोभाषे शिलुमार्फत बताइन् । 

साथै वाग्लेले उपन्यास बिक्रीवापत प्राप्त भएको रोयल्टीले साहित्यकार गङ्गा पौडेल संयोजक रहने गरी रु २ लाखको अक्षयकोष स्थापना गरिने खबरले हर्षित भएको प्रतिक्रिया व्यक्त गरिन् ।

शिखा बुक्स प्रकाशक रहेको यस उपन्यासको आवरण डिजाइन युवा डिजाइनकार सन्तोष दाहालले गरेका हुन् । 

उपन्यासको मूल्य रु ३५० रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०७४  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro