site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोनाको सहज जितमा मेस्सी र स्वारेज नायक
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राती भएको खेलमा लिग लिडर बार्सिलोनाले रियल बेटिसलाई ५ – ० ले पराजित गरेको हो ।

रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र लुइस स्वारेजले समान दुई दुई गोल गरे । बार्सिलोनाको जितमा थप एक गोल इभान राकिटिकले गरेका थिए । यो जितसँगै बार्सिलोनाले लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले गोलको बर्षा गर्दै सहज जित निकालेको हो । रियल बेटिसबिरुद्ध गोल निकाल्न बार्सिलोनालाई ५९ औं मिनेटसम्म कुर्नु परेको थियो । खेलको ५९ औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । त्यसको पाँच मिनेट नबित्दै मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता २ – ० को बनाए ।

खेलको ६९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता ३ – ० को बनाए । ८० औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ४ – ० ले अघि रहयो । त्यसपछि खेलको ८९ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५ – ० को सहज जित दिलाए ।

Global Ime bank

यो जितसँगै शिर्ष स्थानको बार्सिलोनाले २० खेलबाट ५४ अंक बनाएको छ । पराजित रियल बेटिस २७ अंक जोडेर ११ औं स्थानमा छ । लिगको दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ४३ र तेस्रो स्थानको भ्यालेन्सियाको ४० अंक छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  ०८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC