site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अप्ठेरोमा अमेरिकी राष्ट्रपति ट्रम्प, बजेट नै पारित हुन सकेन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकामा सरकारी कामकाज ठप्प भएपछि शनिबार लाखौँ कर्मचारीलाई अहिलेका लागि काममा नआउन अनुरोध गरिएको बीबीसीले जनाएको छ ।

अमेरिकी सिनेटमा सत्ता पक्ष र विपक्षका बीच गैर कानूनी आप्रवासीको मुद्दामा भएको विवादका कारण सरकारी बजेटको विधेयक स्वीकृत नहुँदा अधिकांश सरकारी काम बन्द भएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

रिपब्लिकन र डेमोक्रेटिक पार्टीले आ–आफ्नो अडान नछोड्ने बताएपछि यो समस्या समाधान हुन केही समय लाग्न सक्ने बताइएको छ । राहदानी कार्यालय, स्वास्थ्य विभाग, आयकर विभाग र सेनासम्बन्धी कार्यालय समेत बन्द भएको बताइएको छ । त्यसबाहेक सुरक्षाकर्मीका तर्फबाट सैन्य सीमा सुरक्षा बल, विमानस्थल र सरकारी चिकित्सकहरुले भने सेवा जारी राख्ने बताइएको छ । 

यसका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने विपक्षी डेमोक्रेटिक पार्टीमाथि आरोप लगाएका छन् । वाइट हाउसले पनि डेमोक्रेटिक पार्टीलाई अनावश्यक मागका लागि नागरिकहरुलाई दुःख दिएको भन्दै कडा आलोचना गरिरहेको छ । बाल्यकालमै आमाबुवासँग अमेरिका आएका ८ लाख आप्रवासीहरुलाई अमेरिकामै काम गर्ने छुट दिने प्रावधान जारी राख्नुपर्ने डेमोक्रेटिकहरुको माग रहेको छ । 

Global Ime bank

तर पछिल्लो सेप्टेम्बर मात्र ट्रम्पले आप्रवासी सम्बन्धी सो कार्यक्रमको अन्त्य गराउने घोषणा गरेका थिए । कांग्रेसलाई आगामी मार्चसम्म यसको विकल्प खोज्न उनले आग्रह गरेका थिए । 

रिपब्लिकन सिनेटले यस मुद्दालाई सरकारी बजेटको विदेयकसँग नजोड्ने र सिनेटमै अलग बसेर यसबारे छलफल गर्ने प्रस्ताव अघि सारेका थिए । 

यसै मुद्दामा १६ फेब्रुअरीसम्मको सरकारी बजेट स्वीकृत भइसकेको भएपनि सिनेटमा डेमोक्रेटिक पार्टीका अधिकांश सदस्यले यसप्रति असहमति जनाएपछि नयाँ विवाद उत्पन्न भएको हो । 

यसअघि २०१३ मा पनि अमेरिकी सरकारी कार्यलयहरु बन्द भएका थिए । त्यसबेला १६ दिनसम्म सरकारी कामकाज ठप्प हुँदा सरकारलाई २ बिलियन अमेरिकन डलर नोक्सान भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  ०४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC