site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ढोरपाटन महिला भलिबललाई सेब स्कुलको साथ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ बसपार्क्स्थित भलिबल कोर्टमा बिहिबारबाट सुरु हुने १३ औं संस्करणको रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितालाई सामाखुसी बोर्डिङ स्कुल (सेब) ले सहप्रायोजन गरेको छ ।

बुधबार आयोजित एक कार्यक्रममा सेब स्कुलका प्रिन्सिपल युवराज थापा,स्कुलकी सस्थाक निर्देशक मधुमाया थापा र आयोजक ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनवीर छन्त्यालबीच सहप्रायोजन सम्झौता भएको छ । सम्झौतापछि क्लबलाई सेबले २ लाख उपलब्ध गराउने छ । सेबले एक लाख नगद र एक लाख बराबरको खेलकुद पोसाक प्रदान गर्ने सम्झौता भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै महिला भलिबलका लागि बिजी मलले समेत सह प्रायोजन गरेको छ । बिजी मलकी बजार प्रमुख पुजाल अधिकारी र अध्यक्ष छन्त्यालबीच सम्झौता भएको छ । सहप्रायोजन बापतको मलले क्लबलाई १ लाख १० हजार उपलब्ध गराउने छ । 

१६ दिन चल्ने प्रतियोगितामा १२ क्लबको सहभागिता रहेको छ । पहिलो चरणको लिग खेलपछि शिर्ष ७ देखि ८ टोलीलाई दोस्रो चरणको लागि छनोट गरिने छ । डबल लिग खेलपछि शिर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छन् ।

Global Ime bank

यो संस्करणमा विभागीय टोलि सशत्र प्रहरीको एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस,न्यु डायमन्ड एकेडमी, न्यु डायमन्ड स्पोर्ट्स क्लब,टप्स हाई स्कुल,पुर्वान्चल क्षेत्रिय महिला भलिबल,पारामाउन्ट हाइ स्कुल,स्प्रिङडेल इन्ग्लिश स्कुल,श्री गाउँ स्पोर्ट्स विकास कमिटि, मेघौली स्पोर्ट्स फाउन्डेसन र थ्री स्टार एकेडमीको सहभागिता रहेको छ । प्रतियोगितामा एक क्लबले ४ विदेशी खेलाडी राख्न पाउने छ भने ३ खेलाडीले कोर्टमा उत्रन पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ३ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । त्यस्तै उपविजेतालाई १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार पुरस्कार पाउने छन् । यस्तै  चौथौ हुनेलाई ५० हजार, पाचौँ हुनेलाई ४०  हजार,छैठौं हुनेलाई ३० हजार र सातौं हुने टिमलाई २० हजार नगद पुरस्कार राखिएको आयोजकले जानकारी गराएको छ ।

प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले युएम पावरम्याक्स स्कुटर समेत पाउने छन् । बेष्ट प्लेयर , राइजिङ्ग प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले स्कुटर पाउने छन् । त्यस्तै  बेष्ट स्पाईकर, डिफेन्स,लिफ्टर, सर्भिस,ब्लकर,उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचलाई जनही ५ हजार पुरस्कार पनि दिइने आयोजकले जनाएको छ ।

यस्तै यो संस्करणमा एक दर्शकले समेत स्कुटर पाउने छ । प्रतियोगिताको अन्तिम दिन टिकट काटेर खेल हेर्न गएकामध्ये एक दर्शकले लक्की ड्रबाट स्कुटर जित्ने छन् । प्रत्येक दिन एक दर्शकले लक्की ड्रबाट मोबाइल पाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC