site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
केन टोटनह्यामका सर्वाधिक गोलकर्ता, टोटनह्यामको सहज जित
Sarbottam CementSarbottam Cement

एजेन्सी । टोटनह्यामले इंग्लिश प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा टोटनह्यामले एभर्टनलाई ४–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई जित दिलाउन क्लबका सर्वाधिक गोलकर्ताको किर्तिमानी बनाएका ह्यारी केनले दुई गोल गरे । त्यस्तै सन हेङ मिन र क्रिष्टियन एरिक्सनले समान एक एक गोल गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

वेम्बलीमा स्टेडियममा खेलको २६ औँ मिनेटमा सनले गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४७ औँ मिनेटमा केनले गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर बनाए । खेलको ५९ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई ३ – ० को अग्रता दिलाए । त्यसपछि खेलको ८१ औँ मिनेटमा एरिक्सनले एक गोल थप्दै टोटनह्यामलाई ४ – ० को सहज जित दिलाए ।

एभर्टनविरुद्ध दुई गोल गरेसँगै स्ट्राइकर केन प्रिमियर लिगमा टोटनह्यामका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्  । केनले क्लबका लागि ९८ औँ गोल गर्दै टेडी शेरिङ्घमको नाममा रहेको सर्वा्धिक गोलकर्ताको कीर्तिमानी भङ गरेका हुन् ।  टेडीले सन् १९९२ देखि १९९७ र २००१ देखि २००३ सम्म टोटनह्याममा रहँदा ९७ गोल गरेका थिए । उनले २३७ खेलमा ९७ गोल गरेका थए  । 

Global Ime bank

टेडीको किर्तिमान भङ गर्ने क्रममा केनले १३५ खेलमा ९८ गोल गरेका हुन् ।  केनले यो सिजन प्रिमियर लिगमा २० गोल गरिसकेका छन् । केनले सबै प्रतियोगितामा भने टोटनह्यामका लागि यो सिजन २८ गोल गरेका छन् ।

एभर्टनमाथिको जितसँगै पाँचौँ स्थानको टोटनह्यामले २३ खेलबाट ४४ अंक बनाएको छ । २७ अंकसहित एभर्टन नवौँ स्थानमा छ । लिगको शिर्ष स्थानमा म्यानचेस्टर सिटी र दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेड रहेको छ  ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC