site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नयनराजको निबन्ध ‘यार’ विमोचित
Sarbottam CementSarbottam Cement

काठमाडौँ  (रासस) । आख्यानकार नयनराज पाण्डेको संस्मरणात्मक निबन्ध ‘यार’ को आज यहाँ लोकार्पण गरियो ।

लेखकका साहित्यिक मित्रहरु पुरुषोत्तम सुवेदी, श्यामल, जय हमाल, राजव र शार्दूल भट्टराईले सो पुस्तकको संयुक्तरुपमा लोकार्पण गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आफ्ना जीवनयात्रामा साथीसँगका रोचक र विशेष अनुभूति समेटिएको सो पुस्तकमा २५ निबन्ध छन् । पुस्तकमाथि समीक्षात्मक मन्तव्य नभई लेखकसँगको अन्तर्वार्ता प्रस्तुत गरेर नयाँ शैलीमा आयोजित सो कार्यक्रममा लेखकको हस्ताक्षरबाट पुस्तक लिन पाठकहरुको भीड देखिन्थ्यो । 

पुस्तकको प्रकाशन फाइन प्रिन्टले गरेको हो । पाण्डेका यसअघि ‘उलार’, ‘लु’, ‘सल्लिपीर’,  ‘घामकिरी’, ‘निदाएँ जगदम्बा’ आदि कृति लोकप्रिय छन् ।

Global Ime bank

आदर्श गुरु सम्मान मानन्धरलाई

यसैबीच, कवि भीमदर्शन रोकाको स्मृतिमा स्थापित ‘भीमदर्शन रोका आदर्श गुरु सम्मान तथा पुरस्कार, २०७४’ शिक्षासेवी बुद्धशरण मानन्धरलाई आज प्रदान गरियो ।

भीमदर्शन रोका स्मृति कोषद्वारा सञ्चालित पुरस्कारको राशि रु पचास हजार छ । मानन्धरले करिब चार दशक शिक्षण र यस क्षेत्रमा योगदान दिए ।

गीतकार कालीप्रसाद रिजालले सो पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रममा मातातीर्थ वृद्धाश्रम समितिलाई  रु पचास हजार बराबरको सहयोग हस्तान्तरण समेत गरिएको थियो । पूर्वसांसद् लक्ष्मण राजवंशीले असल र जिम्मेवार नागरिक बन्न असल शिक्षकको छाप पाएको हुनुपर्नेमा जोड दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  २०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC