site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको पठनपाठन अनिवार्य रुपमा अंग्रेजी माध्यमबाट सञ्चालन गर्ने भएको छ । 

शुक्रबार साँझ नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा सम्पन्न दोस्रो नगरसभाले सो निर्णय गरेको हो । नगरसभापछि नगरप्रमुख थापाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्न आगामी शैक्षिक सत्रदेखि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयको पठनपाठन अंग्रेजी माध्यमबाट गर्ने गराउने निर्णय भएको बताए ।  

उनले भने, “शैक्षिक सत्र २०७५ देखि नगरभित्रका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा ३ सम्म अनिवार्यरुपमा अंग्रजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था गरिने छ, नगरपालिकाले आगामी शैक्षिक सत्र २०७८ सम्ममा कक्षा १२ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउन शुरु गर्नेछ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

नगरसभाले भवन निर्माण मापदण्ड, सडकको क्षेत्राधिकारसहितको आधारभूत निर्माण मापदण्ड २०७२ र शहरी वातावरण व्यवस्थापन गर्न नगर प्रहरी सञ्चालन गर्ने निर्णय पनि गरेको नगरपालिकाका प्रवक्ता उपेन्द्र केसीले जानकारी दिए ।  

नगरपालिकाले उपप्रमुख जुना बस्नेतको संयोजकत्वमा विनय महत र राजु लोबन्जार रहेको न्यायिक समिति गठन गरेको छ । खेलकुदको विकास र विपद् व्यवस्थापन गर्न अनुदान तथा आर्थिक सहायता निर्देशिका पारित गरिएको छ । 

Global Ime bank

त्यस्तै निर्माण व्यवसाय नियमन, बजार अनुगमन, सरसफाइ तथा फोहरमैला व्यवस्थापन, नगर योजना तथा कार्यसञ्चालन, विज्ञापन कर, व्यवसाय कर र पूर्वप्राथमिक विद्यालय व्यवस्थापन निर्देशिका तथा जग्गा चक्लाबन्दीसम्बन्धी कार्यविधि पारित गरेको छ । त्यस्तै सहकारी विधेयक २०७४, कृषि व्यवसाय प्रवद्र्धन विधेयक २०७४ र शिक्षा नियमावली २०७४ समेत पारित गरिएको छ । 

नगरकोटमा दृश्यावलोकन स्तम्भ 

चाँगुनारायण नगरपालिकाले नगरकोटमा रु एक अर्ब ५० करोडको लागतमा नगरकोट दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ । 

नगर प्रमुख सोमप्रसाद मिश्रको अध्यक्षतामा शुक्रबार नै बसेको दोस्रो नगरसभाले भूकम्पपीडितको घर पुनःनिर्माण व्यवस्थित गर्ने, नगरभित्र सञ्चालित उद्योग तथा व्यवसायलाई करको दायरामा ल्याउने, खानेपानीको व्यवस्थापन गर्ने र प्रत्येक घरको सम्पूर्ण तथ्यांक संकलन गर्ने निर्णय गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC