विदेश

आप्रवासीबारे ट्रम्पको प्रतिक्रिया “लज्जाजनक” र “जातिवादी”: राष्ट्रसङ्घ

जेनेभा । मानव अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघ उच्च आयोग (यूएनएचसिआर) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हाइटी तथा अफ्रिककाबाट अमेरिका आउने आप्रवासीबारे व्यक्त गरेका प्रतिक्रियालाई ‘लज्जाजनक’ तथा ‘जातिवादी’ भनी शुक्रबार यसको आलोचना गरेको छ । 

अमेरिकामा राजनीतिक सहमतिका आधारमा ल्याइएको भनिएको आप्रवासनसम्बन्धी एउटा सम्झौताको विषयमा छलफलका लागि बस्ने क्रममा उनले ती नागरिकप्रति हेपाहा भाषा प्रयोग गरेको बताइएको छ । 

ह्वाइट हाउसमा रिपब्लिकन र डेमोक्र्याटका सांसद्हरूसँग भएको बैठकका क्रममा राष्ट्रपति ट्रम्पले ती देशका नागरिकलाई किन अमेरिका आउन दिनुप¥यो भनी प्रश्न गरेका थिए ।  

राष्ट्रसङ्घले ट्रम्पद्वारा बिहीबार नर्वेजस्ता मुलुकले हाइटी तथा विभिन्न अफ्रिकी मुलुककाबारेमा लिन नपरेको जिम्मेवारी (टन्टा) किन अमेरिकाले लिने भनी अमेरिकी कङ्ग्रेसमा गरेको भनी सार्वजनिक भएको अभिव्यक्तिलाई लिएर राष्ट्रसङ्घले अमेरिकी राष्ट्रपतिको आलोचना गरेको हो । 

यूएनएचसिआरका प्रवक्ता रुपट कोलभिलले भने, “ट्रम्पको आप्रवासीबारे आएको धारणा ‘लज्जाजनक’ तथा ‘दुखद’ हो ।” 

उनले भने, “दुख लाग्छ तर उहाँले प्रयोग गरेका शब्द ‘जातिवादी’ अभिव्यक्तिभन्दा अन्य केही हुनसक्दैन । ” 
कसैले पनि कुनै देश वा महादेशको सम्पूर्ण जनसङ्ख्या गोराजातिको नभएकै कारण उनीहरूलाई कुनै देशमा स्वागत नगर्न नपाइने कोलभिलले बताए ।  

वासिङ्टन पोस्ट पत्रिकाका अनुसार यस शब्दको विषयलाई लिएर ती देशका नागरिकले पनि आपत्ति जनाएका छन् । रासस÷सिन्ह्वा

तपाईंको मत