site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सत्याग्रही प्राध्यापक डाक्टर गोविन्द केसीमाथि अदालतले मानहानिको मुद्दा चलाएपछि उनको समर्थनमा ठूलै समूह र नेताहरू सडकमा उत्रे । नागरिक अधिकारप्रति ऐक्यबद्धता जनाउने पवित्र उद्देश्यबाहेक यिनको अरू नियत छैन होला भन्ने नै कामना गरौँ । गोरखा फुजेल निवासी सामान्य किसान नन्दप्रसाद अधिकारी र गंगामायाका छोरा कृष्णप्रसादलाई माओवादीले १२ वर्ष अगाडि चितवनमा मारेका थिए । किशोर छोराको हत्याबाट शोक विह्वल आमाबाबुले हत्यारा किटान गरी जाहेरी दिए । सरकारले बेवास्ता गरेपछि गंगामाया दम्पतीले न्याय खोज्दै सत्याग्रह सुरु गरे । अहिले डा. केसीको सत्याग्रहमा अगिल्लो पंक्तिमा उपस्थित भएर समर्थन गरेको देखाउने गोरखाबाट संविधान सभामा निर्वाचित सदस्य बाबुराम भट्टराई प्रधानमन्त्री छँदा गंगामाया र नन्दप्रसादलाई पक्रेर मानसिक अस्पताल पठाउने वा चारभन्ज्याङ कटाउनेजस्ता अमानवीय कार्य भयो । 

सत्याग्रही अधिकारी दम्पतीले हरेस खाएनन् र न्याय माग्ने अनुष्ठान कायमै राखे । अनशनकै क्रममा गंगामायाका पति नन्दप्रसादको मृत्यु भयो । उनको सद्गत अन्त्येष्टि भएको छैन । गंगामाया अझै सत्याग्रहमै छिन् । तर, राज्य र नागरिक समाजले उनको सत्याग्रहलाई बेवास्ता गरेको छ । कृष्णको हत्यामा संलग्न भएका आरोप लागेका व्यक्तिहरू माओवादी नेता कार्यकर्ता हुन् । यसैले उनीहरूमाथि अदालतमा कारबाही चलाउन पाइँदैन र सत्य निरूपण तथा मेलमिलाप आयोगबाट कारबाही हुनुपर्छ भन्ने जिकिर माओवादीहरूले गर्दैआएका छन् । गंगामाया भने १७ वर्षका बालक छोरा कृष्णको राजनीतिमा कुनै संलग्नता नभएको र हत्याराहरू जानपहिचानकै व्यक्ति भएकाले व्यक्तिगत प्रतिशोधका कारण हत्या गरिएको मान्छिन् । यसैले प्रचलित कानुनअनुसार हत्याराहरूमाथि कर्तव्य ज्यान मुद्दा चलाउनुपर्छ भन्ने गंगामायाको माग रहेको छ । दुर्भाग्य, सत्याग्रहकै क्रममा पतिको मृत्यु भए पनि गंगामायाको न्यायको खोजीलाई राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोसियसनलगायतका संस्थाहरू कुनैले पनि साथ दिएका छैनन् ।    

नेपाली समाज जुन मात्रामा स्वार्थी र शक्तिको पुजारी हुँदैगएको छ त्यसलाई हेर्ने हो भने गंगामायाले न्याय पाउने सम्भावना भने कमै छ । माओवादी विद्रोह कालमा भएका वा माओवादी नेता कार्यकर्ता संलग्न सबै अपराध सत्य निरुपणको विषय हुनसक्तैन र अदालतमा मुद्दा चलाइसकिएको भए सामान्य प्रक्रियाअनुसार नै मुद्दा किनारा लगाउनुपर्छ भन्ने नजिर सर्वोच्च अदालतले नै प्रतिपादन गरिसकेको छ । यसैले बालक कृष्णप्रसाद अधिकारीका हत्यारामाथि कारबाही गर्न कानुनले रोक्तैन । राजनीतिक व्यक्ति वा राजनीतिक कारणले भएका घटनाबाहेक अरू घटनालाई राजनीतिक आवरण दिएर सत्यनिरुपणको विषय बनाउन खोज्नु न्याय मेटाउन गरिएको षड्यन्त्रमात्रै हो । तर, नागरिक समाज वा मानव अधिकार रक्षक समुदाय कसैले पनि निरीह गंगामायाका पक्षमा आवाज उठाएका छैनन् र उठाउने लक्षण पनि छैन । त्यसैले सत्याग्रही डा. केसीका पक्षमा देखिएका अनुहार र आवाजम पाखण्ड बढी देखिएको छ । न्यायाधीशकाे मानहानिको मामिलामा अदालत यति संवेदनशील हुनसक्तो रहेछ । नागरिक समाज र राजनीतिक नेताहरू सत्याग्रहीका पक्षमा सडकमा पनि अाउँदा रहेछन् ।   के यही समूह विशेषगरी राजनीतिक नेताहरू गंगामायाका पक्षमा पनि सडकमा उभिएलान् र उनले न्याय पाउलिन् ?        

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २६, २०७४  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC