site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
किरणको ‘मास्टर प्लान’, मह जोडी देखि दीपक दीपासम्म
Sarbottam CementSarbottam Cement

काठमाडौं । कुनै समय थियो मह जोडी अरु कलाकारलाई गन्दैनन् भन्ने बजारमा सुनिन्थ्यो । यस्तै टिप्पणी दीपकराज गिरी र दिपाश्री निरौलाप्रति पनि हुन्थ्यो । अर्थात जति बेला हाँस्य टेली चलचित्र ‘तीतो सत्य’ ‘पिक आवर’ मा थियो–उनीहरु कसैलाई पनि गन्दैनन् भन्ने टिप्पणी हुन्थ्यो । 

तर यी सबै टिप्पणीहरु त्यती बेला फेल खाए, जति बेला किरण केसीले सबैलाई एकै ठाउँमा भेला गराए । “मेरो आग्रह भुइँमा खस्न पनि पाएन नि ! एक सेकेन्ड मै निर्देशक प्रदीप (भट्टराई) ले ओके गर्नु भयो,” किरणले भने,  “मलाई मह जोडीसहितका कलाकारलाई लिएर चलचित्र बनाउन मन लागिरहेको थियो । तर समय जुरिरहेको थिएन । अहिले सायद त्यो समय आयो र मैले भने जस्तै भयो ।”
किरणले बनाउँदै गरेको चलचित्रको नाम हो,–‘शत्रु गते’ । 

केही दिन अगाडि यो चलचित्रको गीतको छायांकनको तस्बिर सार्वजनिक भयो । त्यहाँ हरिवंश आचार्य दीपाश्री निरौलासँग कम्मर मर्काइरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कसरी जुर्यो हरिवंश र दिपाश्रीको जोडी ?

जिज्ञासामा केसीले भने, “हरिवंश पनि २५ वर्षको लक्का जवान हैन । दीपाश्री पनि ४० वर्ष कटेकै हुन् । दुबैको जिउ मोटोमोटो, गोरो वर्ण जोडी मिल्छ भन्ने लाग्यो र मैले प्रस्ताव गरेँ । सुरुमा हरि दाईलाई भनेँ उहाँले ओके गर्नुभयो । पछि दीपाश्रीलाई भनेँ उहाँले भन्न नपाई हुन्छ भन्नुभयो । टिम अप भयो ।”

Global Ime bank

चलचित्रमा दीपकराज गिरी पनि छन् । 

“एउटा इनिस्पेक्टरको रोल छ, कसलाई दिने भन्ने भैरहेको थियो, दिमागमा दीपकको नाम ‘किल्क’ भयो । उनले हुन्छ भने । दीपक पनि ‘डन’ भए । 

मह जोडीसँग लामो समयदेपख काम गर्दै आएका केसी हरिवशं मदनकृष्ण श्रेष्ठ पछिल्लो पुस्तासँग काम गर्दैनन् भन्ने स्वीकार्दैनन् । “पछिल्लो पुस्तालाई सँधै सहयोग गर्दै हौसला दिने आदर्श जोडी हो यो,” उनी भन्छन्, “हामी पनि उहाँहरुकै सहयोग र साथले यहाँ आइपुगेका हौं । उहाँहरुलाई यसो भन्यो भने अन्याय हुन्छ ।”

निर्देशक प्रदीप भट्टराई हिजोआज स्टुडियो मै भेटिन्छन् । चलचित्रको एडिटिङमा ब्यस्त उनी कहिले मदनकृष्ण श्रेष्ठको ‘शत्रुगते’ को हुलिया भन्दै तस्बिर ‘पोस्ट’ गर्छन् कहिले छायांकन ‘एडिटिङ’ को । 
मह जोडी देखि पल र आँचलसम्म अटाउनु र दीपक तथा दीपासम्म समेटिनुले हाँस्य जगतका कलाकार एकले अर्कोलाई गन्दैनन् भन्ने हल्लालाई झुट् सावित गरिदिएको उनी बताउँछन् ।

“नयाँ पुस्तासँग मह जोडीले काम गर्दैन भन्ने भ्रम पनि चिरियो दीपक र दिपाले पनि अरुलाई गन्दैनन् भन्ने थियो त्यो पनि गलत सावित भयो,” प्रदीप भन्छन्, “यो थिम किरण (केसी) दाईको हो । तीनवटा पुस्तालाई एकै ठाउँमा जम्मा पार्ने काम उहाँले गर्नुभयो । उहाँले चलचित्र जगत एक छ भन्ने सन्देश पनि दिनुभयो भन्ने लाग्छ, यसअर्थ उहाँ धभन्यवादको पात्र हुनुहुन्छ ।”

चलचित्रमा अधिकांश नाम चलेका हाँस्य कलाकार छन् । प्रियका कार्की छिन् । नयाँ पुस्ताका पल शाह र आँचल शर्मा पनि छन् । 

पात्रलाई कथाले न्याय गर्छ ?

प्रदीप भन्छन्,–“हामीले व्यक्ति भन्दा पनि कथालाई जोड दिएका छौँ । चरिचत्रलाई पनि कथाले न्याय गर्छ ।”

प्रदीप देखाउन मात्रै ‘हेवी वेट’ व्यक्तिलाई भेला नगरेको दावी गर्छन् । उनका अनुसार पात्रहरु ‘स्क्रिन’ मा अनुहार देखाएर मात्रै फर्किदैनन् । कथा भन्न कै लागि आउँछन् । कथाले चरित्र मागेको छ, बजारले व्यक्ति मागेकै भरमा कलाकार छनोट नगरिएको उनको स्पष्टोक्ति छ । 

महसञ्चारले १७ वर्ष पछि निर्माण सुरु गरेको कथानक चलचित्रको कथा हो यो । ३७ वर्ष पुरानो महसञ्चारको ब्यानरमा बन्न लागेको चलचित्र व्यापारका लागि भन्दा पनि गुणस्तरका लागि बनाउन लागेको हास्यकलाकार हरिवंश आचार्यले बताउँदै आएको चलचित्रमा छन् । 

महजोडी सँगै दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, राजाराम पौड्याल, प्रियंका कार्की, आंचल शर्मा, बसुन्धरा भुसाल, किरण केसी, जितु नेपाल, प्रियंका कार्की, नरेन्द्र कंशाकार, पल शाह, आँचल शर्मा लगायतका कलारकारले अभिनय गर्नछन् ।

हरिवंश आचार्यको कथा रहने चलचित्रको पटकथा दीपकराज गिरी र प्रदीप भट्टराईले लेखेका छन् । संवाद हरिवंश आचार्य र प्रदिप भट्टराईको रहेको चलचित्र दीर्घ गुरुङले खिचेका छन् । राजनराज शिवाकोटीको संगीत रहेको चलचित्रको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । चलचित्र चैत ९ गते प्रदर्शनमा आउँदैछ । 

\"\"

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ८, २०७४  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC