साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–२’ ले १० दिनमा दुई करोड रुपैयाँ कमाएको छ । “चलचित्रले राम्रो व्यापार गरिरहेको छ,” निर्माता अर्जुनकुमारले भने,“आजसम्म दुई करोड रुपैयाँ उठेको छ ।”
‘मल्टिप्लेक्सहरुमा अझै दुई/तीन हप्ताजति जान्छ । सिंगल थिएटरमा भने यसै भन्न सकिदैन । गुण, अष्टनारायण र गोपीकृष्णमा पनि अझै दुई/तीन हप्ता त चल्छ ।”
‘चपली हाइट–२’ गत बिहीबारबाट देशभर एकै साथ प्रदर्शनमा आएको हो ।
अर्जुनकुमारले निर्माण गरेको रोमान्टिक थ्रिलर ‘चपली हाइट–२’ चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।
अहिलेको युवा पुस्ताको फरक सोच र जीवनशैली सँगै चलचित्रमा माया, पिरती, धोकालाई समेटिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३ १७:५८
प्रतिक्रिया दिनुहोस्