site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एक सातामा ‘वीर विक्रम’ ले कमायो तीन करोड
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाली कथानक चलचित्र ‘वीर विक्रम’ ले एक सातामा तीन करोड रुपैयाँ   कमाएको छ । “बुधबार सम्मको रिपोर्ट अनुसार साढे दुई करोड उठिसकेको थियो,” ‘वीर विक्रम’ निर्माता तथा निर्देशक मिलन चाम्सले भने, “त्यस यता हिजो शनिबारसम्म तीन करोड उठिसकेको हुनुपर्छ ।”
गत बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘वीर विक्रम’ हिजो शनिबार राजधानीका अधिकांश हलहरुमा हाउसफुल थियो । चलचित्र प्रदर्शनको सुरुआती तीन दिनमै करोड क्लवमा प्रवेश गरिसकेको थियो । 
“तीन दिनमै लगानी उठाएको ‘वीर विक्रम’ दर्शकले मन पराइदिनु भयो,” चाम्सले भने,“अझै चलचित्र राम्रोसँग चलिरहेको छ । हल सञ्चालकहरुले तीन हप्ता चलचित्र राम्रोसँग चल्ने बताइरहनु भएको छ ।” उनले अझै पनि काठमाडौंका अधिकांश ठूला हलहरुमा ‘वीर विक्रम’ कै राम्रो व्यापार गरिरहेको बताए । 
उनले भने, “हामीलाई सुरुमा केही अविश्वास गरेको क्यूएफएक्समा आज ६ शो दिएको छ । सुरुमा हामीलाई ८ वटा शो दिएको क्यूएफएक्सले चपली हाइटलाई १३ वटा दिएको थियो । आज चपली हाइटलाई ३ वटा दिएको छ जस्तो लाग्छ ।” 
९७ लाखमा निर्माण भएको चलचित्र ‘वीर विक्रम’ मा दयाहाङ्ग राई, अर्पण थापा, अनुप विक्रम शाही, दिया पुन, नाजिर हुसेन, शिशिर राना, वसन्त भट्टको मुख्य अभिनय छ । 
पूर्णतया नेपाली विषयबस्तुमा आधारित मनोरञ्जनात्मक चलचित्र “वीर विक्रम” रामेछापका विभिन्न ठाउँका छायांकन गरिएको छ । साथित्व, मातृत्व साथीका लागि साथीले गर्ने सम्झौता, माया प्रेम चलचित्रले समेटेको मुख्य विषयबस्तु हो ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC