site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जीवनमा हेर्नैपर्ने २५ फिल्म
Sarbottam CementSarbottam Cement

संसारभर टेलिभिजनको विकास र प्रसार जति आक्रामक भए पनि त्यसले फिल्मलाई कहिल्यै विस्थापित गर्न सक्दैन । अघिल्लो र यो शताब्दीले हामीलाई त्यस्ता अनेकौं अविस्मरणीय कथा र पात्र दिएका छन्, जसलाई सम्भवतः आउने शताब्दीले पनि बिर्सिनेछैन ।

यहाँ त्यस्ता २५ फिल्मको सूची दिइएको छ, जसलाई हामीले आफ्नो जीवनकालमा हेर्नैपर्ने हुन्छ । यहाँ दिइएका कतिपय फिल्म हामी हुर्किंदै गरेको कालका हुन् । कतिपय हामी जन्मिनुअघिका छन् । र, कति हामीले देखे–भोगेका वा देख्दै नदेखेका समाज र संस्कृतिका कथा छन् । 

१) द गडफादर (१९७२)
‘द गडफादर’ (सिक्वेल पनि) उत्कृष्ट फिल्महरूमध्ये एक हो । कथा, पात्र चयन र निर्देशनले यसलाई सर्वकालिक र जादुमयी बनाएको छ । यो फिल्मका निर्देशक फ्रान्सिस फोर्ड कोपोला हुन् । कथा मारियो पुजो र कोपोलाले संयुक्त रूपमा लेखेका हुन् । यसमा मार्लोन ब्रान्डो, अल प्यासिनो, जेम्स कान मुख्य कलाकार हुन् । यो फिल्म इटालियन–अमेरिकी आपराधिक परिवारमा आधारित छ ।

Prabhu Bank
Agni Group
NIC Asia

२) डु द राइट थिङ (१९८९)
निकै होशियारीपूर्वक कथा र पटकथा लेखिएको यो फिल्मको कथ्य साह्रै जटिल छ । लेखक÷निर्देशक स्पाइक लीले यसमा रंगभेदी आवाज उठाएका छन् । विम्ब प्रयोगमा यो फिल्म उदाहरणीय मानिन्छ । दर्शकले जति पटक हेरे पनि यसमा नयाँ–नयाँ कथ्य भेट्टाउँछन् ।

३) सिटिजन केन (१९४१)
यो हेर्नैपर्ने एक फिल्म हो किनभने यसलाई समीक्षकहरूले समेत सदाबहार उत्कृष्ट फिल्मको रूपमा स्वीकारेका छन् । यसले लालच र शक्तिको कथा भन्छ । फिल्मको निर्देशन ओर्सन वेल्सले गरेका छन् भने पटकथा हर्मन जे म्यांकीविक्ज र वेल्सले संयुक्त रूपमा लेखेका छन् । यसमा वेल्ससँगै जोसेफ कटन र डोरोथी कमिनगोरको भूमिका छ । 

Global Ime bank

४) बिफोर सनराइज (१९९५)
रिचर्ड लिंकलेटरको ‘विफोर सनराइज’ (र यसका सिक्वेल पनि, जुन हरेक ९ वर्षको अन्तरालमा निर्माण गरिएका हुन्) अहिलेसम्मकै उत्कृष्ट रोमान्टिक फिल्म हो । यसको कथा लिंकलेटर र किम क्रिजनले लेखेका हुन् । यसमा इथन हक, जुली डेल्पी, एन्ड्रिया एकर्टको भूमिका छ ।

५) बोयहुड (२०१४)
रिचर्ड लिंकलेटरकै ‘बोइहुड’ सधैंजसो चर्चामा हुनुको कारण हो– यसको प्रस्तुति । निरन्तर १२ वर्षको मेहनत (२००२ देखि २०१३ सम्म)पछि चलचित्रको छायांकन सकिएको हो । मुख्य पात्र म्यासन इभान्स जुनियर (कोल्ट्रेन)लाई ६ देखि १८ वर्ष उमेरसम्म क्यामराले पछ्याउँदै गर्दा दर्शकमा अचम्मको भाव उत्पन्न हुन्छ । छायांकन सुरु हुँदा ६ वर्षका बालक चलचित्र सकिँदा १८ वर्षका युवा देखिन्छन् । यसलाई यथार्थवादी चलचित्रको उत्तम नमुना मान्न सकिन्छ । एउटै चलचित्रका लागि १२ वर्ष समय लाग्नु चानचुने कुरा होइन । यसमा इलार कोल्ट्रेन, प्याट्रिसिया आर्केट, इथान हकको भूमिका छ ।

६) ८½ (१९६३)
फेड्रिको फेलेनीद्वारा निर्देशित यो फिल्म कलाका लागि हेरिन्छ । जबर्जस्त फिल्म बनाउन ‘ब्रेक’ खोजिरहेका एकजना फिल्मकर्मीको व्यावसायिक र प्रेम जीवनलाई समेटेर बनाइएको यो फिल्ममा हास्यरस पनि उत्तिकै छ । यो फिल्म फेलेनी र एनियो फलाइनोले लेखेका हुन् । यसमा मार्सेलो मास्त्रोयानी, आनुक एमी, क्लाउडिया कर्निनालेको मुख्य भूमिका छ ।

७) २००१ः अ स्पेस ओडेसी (२००१)
स्टेनली कुब्रिक्सको फिल्म ‘२००१ः अ स्पेस ओडेसी’ सन् १९६८ मा प्रदर्शन भएको थियो । तर, यसको ‘स्पेसल इफेक्ट’ र सन्देश अहिले पनि उत्तिकै बलियो मानिन्छ, जति त्यतिबेला मानिन्थ्यो । यो फिल्मको कथा कुब्रिक्स र सी क्लक्र्सले लेखेका हुन् । यसमा केइर डुला, गेरी लकउड, विलियम स्लिभेस्टरको मुख्य भूमिका छ ।

८) द रुल्स अफ द गेम (१९३९)
एकदम कममात्र फिल्मले समाजमा छुराजस्तो धारिलो व्यंग्य प्रहार गर्छन् । ‘द रुल्स अफ द गेम’ त्यस्तै फिल्म हो, जसले वर्गीय मुद्दालाई उठाएर समाजलाई औंलो ठड्याउँछ । यो फिल्मका निर्देशक जेन रिन्योर्स । पटकथा कार्ल कोच र रिन्योर्सले संयुक्त रूपमा लेखेका हुन् । यसमा मार्सेल डालियो, नोरा ग्योगर, पाउलेट डुबोस्टको मुख्य भूमिका छ ।

९) टोय स्टोरी (१९९५)
पिक्सरद्वारा निर्मित एनिमेटेड फिल्महरूमा ‘टोय स्टोरी’को बेग्लै ओज छ । यसले एनिमेसनको पराम्परागत धारणा नै परिवर्तन गरिदिएको थियो । यसको सिक्वेल पनि उत्तिकै जबर्जस्त छ । यो फिल्मका निर्देशक जोन ल्यासेटर हुन् भने कथा उनी र पेट डक्टरले लेखेका हुन् ।

१०) साइको (१९६०)
अलफ्रेड हिचकक रहस्यमय र मनोवैज्ञानिक कथाका विशेषज्ञ नै हुन् । यी विषयमा बनाएका फिल्म नै उनका ‘मास्टरपिस’ हुने गरेका छन् । उनको ‘साइको’ छुटाउन नहुने फिल्म हो । यसको कथा जोसेफ स्टेफानो र रोबर्ट ब्लकले लेखेका हुन्, जसमा एन्थोनी पार्किन्स्, ज्यानेट लेई र भेरा माइल्सको मुख्य भूमिका छ ।

११) सेभेन सामुराई (१९५४)
अकिरा कुरोसावाको ‘सेभेन सामुराई’लाई हलिउडका ‘क्लासिक’ फिल्मको मानक मानिन्छ । यही मानकमा रहेर बनेका ‘अ बग्स लाइफ’ र ‘रोग वनः अ स्टार वार्स स्टोरी’ जस्ता चर्चित फिल्म जन्मिए । अपरिचितप्रति भरोसा जगाउने विषयमा आधारित यो फिल्मका निर्देशक अकिरा कुरोसावा हुन् भने उनीसँगै सिनोवु हासिमोतो र हिडियो ओगुनीले संयुक्त रूपमा पटकथा लेखेका हुन् । यसका मुख्य कलाकारहरू तोसिरो मिफुनी, ताकासी सिमुरा, केइको सुसिमा आदि हुन् ।

१२) द मपेट मूभि (१९७९)
हरेक बालबालिकाले हेर्नैपर्ने ‘द मपेट मूभि’ जेम्स फ्रलेले निर्देशन गरेका हुन् । यसको कथा ज्याक बन्र्स र जेरी जुह्लले लेखेका हुन् । यसमा जिम हेन्सन, फ्र्यांक ओज र जेरी नेल्सनको मुख्य भूमिका छ ।

१३) बाइसाइकल थिभ्स् (१९४८)
लोककथाझैं लाग्ने ‘बाइसाइकल थिभ्स’ले निकै भावनात्मक रूपमा सामाजिक न्यायको सन्देश दिन्छ । बाबु, छोर र साइकलवरिपरि घुमेको यो फिल्म ७ दशकपछि पनि उत्तिकै शक्तिशाली छ । यो फिल्मका निर्देशक भिट्टोरियो डी सिका हुन् भने लेखक सिजार जाभाटिनी र लुइगी बार्टोलिनी हुन् । यसमा लामबेर्टो म्यागोरिनी, इन्जो स्टाइला र ल्यानेला क्यारेलको मुख्य भूमिका छ ।

१४) सिंगिङ इन द रेन (१९५२)
‘सिंगिङ इन द रेन’ संगीतले भरिपूर्ण हास्य फिल्म मात्रै होइन । आवाजरहित फिल्म निर्माणबाट आवाजमा उदाउँदै गरेको इतिहास बोल्ने यो फिल्मका निर्देशक स्टेन्ले डोनेन र गेन केली हुन् । यसको कथा बेट्टी कम्डेन र एडोल्फ ग्रिनले लेखेका हुन् । यसमा गेन केली, डोनाल्ड ओ कोनर र डेब्बी रेनल्डसको मुख्य भूमिका छ ।

१५) ब्युटी एन्ड द बिस्ट (१९९१)
सन् १९९१ को ‘ब्युटी एन्ड द बिस्ट’ डिज्नी एनिमेसनको सर्वाेत्कृष्ट फिल्ममा पर्छ । ओस्कारको सर्वोत्कृष्ट फिल्म अवार्ड पाउने यो पहिलो एनिमेटेड फिल्म पनि हो । यसका निर्देशक गेरी ट्राउस्डेल र क्रिक वाइज हुन् भने कथा लिन्डा उलभर्टन र ब्रेन्डा च्याप्म्यानले लेखेका हुन् । यसका मुख्य कलाकार पेग ओ हारा, रोबी बेन्सन र जेसी कोर्टी हुन् ।

१६) ई.टी द एक्सट्रा टेरिस्ट्रियल (१९८२)
बालबालिकाका लागि यो मीठो कथा हो । पृथ्वीमा अड्किएको एलियनलाई पृथ्वीबाट आफ्नै संसारमा फर्किन सहयोग गर्ने बालकको कथा यसमा छ । यो फिल्मका निर्देशक स्टिभन स्पिलबर्ग हुन् भने कथा मेलिसा म्याथिसनले लेखेकी हुन् ।

१७) जज् (१९७५)
बालबालिकाहरूले मनमा त्रास पैदा गर्ने पहिलो फिल्म बिर्सन सक्दैनन् । त्यसलाई बिर्सन स्टिभन स्पिलबर्गका ‘जुरासिक पार्क’ वा ‘जज्’ हेर्नुपर्छ । त्रासलाई रोमाञ्चकारी बनाउने कला यी फिल्ममा छन् । 

१८) ग्राउन्डहोग डे (१९९३)
‘ग्राउन्डहोग डे’ वयस्क जीवनमा दोहोरिरहने व्यक्तिको स्वभावलाई प्रतिविम्बित गर्छ । यसले आफ्नो वस्तुगत यथार्थतालाई स्वीकार गर्न पनि प्रेरणा दिन्छ । यो फिल्मका निर्देशक ह्यारोल्ड रेमिज हुन् भने कथा डेनी रुबिन र रेमिज स्वयंले लेखेका छन् । यसमा बिल मुर्रे, एन्डी म्याक्डोयल र क्रिस एलिटको मुख्य भूमिका छ ।

१९) गुडफेलाज (१९९०)
सन् १९९० मा प्रदर्शित ‘गुडफेलाज’ मार्टिन स्कोरसिसको ‘मास्टरपिस’ हो । केही कुराको वाचा गर्दा जीवनमा कस्ता–कस्ता असर पर्छन् भन्ने युवाकेन्द्रित विषय बोकेर यो फिल्म बनाइएको हो । निकोलस पिलेगीले लेखेको यो फिल्ममा रोबर्ट दि निरो, लिओटा र जोई पेस्कीको भूमिका छ ।

२०) द साइनिङ (१९८०)
‘द साइनिङ’ अहिलेसम्मकै सबैभन्दा डरलाग्दो हरर थ्रिलर फिल्मका रूपमा सूचित छ । यो फिल्मको निर्देशन स्ट्यान्ले कुब्रिकले गरेका हुन् । कथा स्टेफेन किङ र कुब्रिकले संयुक्त रूपमा लेखेका हुन् । यसका मुख्य कलाकारहरू ज्याक निकोल्सन, सेली डुभेल र डेनी लावेड छन् ।

२१) मुनलाइट (२०१६)
बेरी जेन्किन्सको ‘मुनलाइट’ले उपेक्षित पात्र र उसको दयनीय उतारचढावलाई चित्रण गरेको  छ । त्यसैले यो हेर्नैपर्ने फिल्म हो । यसको कथा ट्याारेल एल्भिन म्याकक्र्याने तथा पटकथा जेन्किन्सले लेखेका हुन् । यसमा महेरशाला अली, सेरिफ अर्प र डुआन स्यान्डर्सनको भूमिका छ ।

२२) सम लाइक इट हट (१९५९)
बिल्ली विल्डरले दर्जनौं फिल्म बनाए तर ‘सम लाइक इट हट’ उल्लेखनीय छ । म्यारिलिन मोनरोईको दमदार भूमिकाका कारणमात्रै नभई लैंगिक राजनीतिप्रति सिधा हस्तक्षेपका कारणले पनि हेर्नैपर्ने फिल्म हो । आईएएल डायमन्ड र बिल्ली विल्डरले लेखेको यो फिल्ममा म्यारिलिनका अतिरिक्त टोनी कर्टिस र ज्याक लेमनको मुख्य भूमिका छ ।

२३) इटर्नल सनसाइन अफ द स्पोटलेस माइन्ड (२००४)
यो चलचित्र वारिस र क्लेमेन्टिन क्युस्कीको प्रेम सम्बन्धमा आधारित छ । दुवैले मस्तिस्कबाट दुवैको स्मृति मेटाएपछि पुनः प्रेम गर्न थाल्ने कथा यसमा छ । चलचित्रले मनोवैज्ञानिक पाटोहरू देखाएको छ । स्मृति र प्रेमको सुन्दर चित्रण यसमा देख्न पाइन्छ । ओस्कारमा सवोत्कृष्ट पटकथाको अवार्ड जितेको यो चलचित्रले विश्वभरबाट ७ करोड डलर कमाएको थियो । केट विन्सलेट सवोत्कृष्ट अभिनेत्रीमा मनोनीत भएकी थिइन् । यो चलचित्रमा केटका अतिरिक्त जिम क्यारी, क्रिस्टन डन्स्ट, मार्क रुफालो, एलिजा उड र टम विल्किन्सनको भूमिका छ । यो फिल्मका निर्देशक मिसेल गोन्द्री हुन् भने कथा चार्ली कौफम्यान र गोन्द्रीले मिलेर लेखेका हुन् ।

२४) द शशंक रिडेम्पसन (१९९४)
‘द शशंक रिडेम्पसन’ प्रदर्शनताका उपेक्षित भयो । सोही वर्ष रिलिज भएको टम ह्यांक्सको ‘फरेस्ट’सँग ओस्कारमा मनोनीत भएको यो फिल्मलाई विश्वभरि रुचाइयो । जेलबाट भाग्न मुख्य पात्रले गर्ने क्रियाकलापले दर्शकलाई बाँधिराख्छन् । फ्य्रांक डाराबोन्टले निर्देशन गरेको यो फिल्म स्टेफेन किङको कथा ‘रिटा हेवर्थ एन्ड शशंक रिडेम्पसन’मा आधारित छ । यसको पटकथा डाराबोन्ट स्वयंले लेखेका हुन् । यसमा टिम रोबिन्स, मोर्गन फ्रिम्यान र बब गुन्टनको मुख्य भूमिका छ । 

२५) डाई हार्ड (१९८८)
क्रिसमस पार्टीमा ह्यान्स ग्रुबर नामक आतंकवादी समूहले केही व्यक्तिहरूलाई बन्धक बनाएपछि ड्युटीमा नरहेका प्रहरी जोन म्याकक्लेन (ब्रुस विलिस)ले बचाउने प्रयासमा यो फिल्म केन्द्रित छ । यसले पप संस्कृतिमा बहस नै सिर्जना गरेको थियो । यो फिल्मका निर्देशक जोन म्याकटाइम्यान हुन् भने कथा रोडरिक थोर्प र जेब स्टार्टले लेखेका हुन् । यसमा बु्रस विलिसका अतिरिक्त एलन रिकम्यान र बोनी बेडिलियाको भूमिका छ ।

(यो सूची ‘द इनसाइडर डट कम’का लागि ज्याकोब शामसियन र क्रिस्टेन अकुनाले तयार पारेका हुन् । अनुवादः रुमु न्यौपाने) 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  ०६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC