site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एरिक्सनको ह्याट्रिक, डेनमार्क विश्वकपमा छनोट
Sarbottam CementSarbottam Cement

एजेन्सी । डेनमार्कले आगामी बर्ष रुसमा हुने फिफा विश्वकप फुटबलमा स्थान बनाएको छ । विश्वकप  छनोट अन्तर्गत मंगलबार राति युरोपियन क्षेत्रको प्ले अफको दोस्रो लेगमा रिपब्लिक आयरल्याण्डलाई ५ – १ ले पराजित गर्दै डेनमार्क विश्वकपमा पुगेको हो ।

रिपब्लिक आयरल्याण्डको घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर डेनमार्कले जित निकालेको हो । डेनमार्कको लागि क्रिष्टियन एरिक्सनले ह्याट्रिक गरे । त्यस्तै आन्द्रीयस क्रिस्टेनसेन र निकलास बेण्डनरले समान एक एक गोल गरे । रिपब्लिक आयरल्याण्डका शेन डुफ्फेले एक गोल फर्काए । यो जितसँगै डेनमार्कले समग्रमा ५ – १ को जितसहित रुसको यात्रा तय गर्यो । दुई टोलीबीचको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अभिभा स्टेडियममा सुरुवाती अग्रता घरेलु टोलीले लिएको थियो । खेलको छैटौं मिनेटमा नै शेनले  गोल गर्दै रिपब्लिक आयरल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको २९ औं मिनेटमा क्रिस्टेनसेनले गोल गर्दै डेनमार्कलाई खेलमा फर्काए । खेलको ३२ औं मिनेटमा एरिक्सनले गोल गरेपछि   पहिलो हाफमा डेनमार्क २ – १ ले अघि रह्यो ।

दोस्रो हाफमा डेनमार्क निकै आक्रामक बन्यो । खेलको ६३ औं मिनेटमा एरिक्सनले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई ३ – १ को अग्रता दिलाए । खेलको ७४ मिनेटमा एरिक्सनले ह्याट्रिक पुरा गर्दा डेनमार्क ४ – १ ले अघि रह्यो । त्यसपछि खेलको ९० औं मिनेटमा निकलासले पेनाल्टीमा गोल गरेपछि डेनमार्कले ५ – १ को फराकिलो जित निकाल्यो ।

Global Ime bank

यो जितपछि सन् २०१४ को विश्वकपमा छनोट हुन् नसकेको डेनमार्कले सन् २०१८ को विश्वकपमा भने स्थान पक्का गर्यो । डेनमार्क विश्वकपमा छनोट हुने ३० औं राष्ट्र हो । यता, रिपब्लिक आयरल्याण्डले भने अन्तिम समयमा आएर विश्वकपमा स्थान बनाउन सकेन । रिपब्लिक आयरल्याण्ड पछिल्लो ४ विश्वकपमा  छनोट हुन् सकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४  ०७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC