site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
यसरी टुंग्यायो कांग्रेसले मन्त्रीको नाम, शुक्रबार विहान शपथ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुनेहरूको नामावली टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ ।
उनीहरूको शपथ ग्रहण शुक्रबार विहान हुने भएको छ । शुक्रबार विहान ९ बजे राष्ट्रपति कार्यालयमा शपथको व्यवस्था मिलाइएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार कांग्रेसले मन्त्री हुनेहरूको नाम पठाइसकेको छ । पहिले १३ मन्त्रालय पाउने सहमति भए पनि कांग्रेसमा देखिएको विवादका कारण २ मन्त्रालय थप गरिएको हो ।
स्रोतका अनुसार अर्जुन नरसिंह केसी सहरी विकास, प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाण रक्षा, सूर्यमान गुरूङ श्रम, केशवकुमार बुढाथोकी सामान्य प्रशासन, जीवनबहादुर शाही पर्यटन, रोमी गौचन थकाली वाणिज्य, नविन्द्र राज जोशी उद्योग, ह्रदयराम थानी सहकारी तथा गरिबी निवारण, सीतादेवी यादव शान्ति तथा पुनर्निर्माण, दीपक गिरी सिंचाई, शंकर भण्डारी वन र गगन थापा स्वास्थ्य मन्त्री हुँदैछन् ।
प्रधानमन्त्रीको सचिवालय स्रोतले पनि यी नामहरू शपथका लागि प्राप्त भएको जानकारी दिएको छ । केसी, महत, खाँण, गुरूङ, बुढाथोकी र शाही सभापति शेरबहादुर देउवा निकट नेताहरू हुन् । यसअघि विमलेन्द्र निधी र रमेश लेखक सरकारमा सहभागी भइसकेका छन् । 
जोशी, थकाली, थानी, यादव र गिरी नेता रामचन्द्र पौडेल निकटका हुन् भने थापा नेता कृष्ण प्रसाद सिटौला निकटका । त्यसैगरी भण्डारी खुमबहादुर खड्का निकटका नेता हुन् ।
“रातारात नाम परिवर्तन भएन भने यी नाम टुंगो लागेको छ,”कांग्रेस सभापति देउवा निकट स्रोतले भन्यो,“अन्तिम समयसम्म पनि मन्त्रीको नाम परिवर्तन हुन सक्ने सम्भावना रहन्छ ।”
 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७३  २०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC