site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लालबाबुको पुस्तक आजदेखि बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । पहिलोपटक मन्त्री भएकै बेला आफ्ना अडान र कामहरुले चर्चित बन्न पुगेका लालबाबु पण्डितलाई अब थप विस्तारमा बुझ्न सकिने भएको छ । पब्लिकेशन नेपालयले तयार पारेको उनको आत्मकथा ‘सिंहदरबार बदल्ने सङ्घर्ष ’ आजदेखि बजारमा उपलब्ध भएको नेपालयले जनाएको छ ।

लालबाबु पण्डित नेकपा (एमाले) का नेता हुन् । उनी भूमिगतकालदेखि नै उक्त पार्टीसँग आवद्ध छन् । तर, केहि वर्षअघि मात्र पहिलोपटक मन्त्री हुनासाथ उनी दुइवटा कुराले एकाएक चर्चाका पात्र बने । 

पहिलो थियो ग्रीनकार्ड वा पिआरको आवेदन दिनेले राज्यका जिम्मेवार ओहदा ओगटेर बस्न नपाइने घोषणा । यसले विशेषगरि डिभीलगायत माध्यमबाट विकशित मुलुकको स्थायी बसोबासका निस्सा पनि लिने र नेपाल सरकारका उच्च ओहदामा पनि बसिरहने थुप्रै कर्मचारीलाई प्रभावित पारेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यतिबेला धेरैले दोहोरो नागरिकता परित्याग गरे भने केहिले विदेशकै बसोबास रोज्दै उच्च सरकारी ओहोदा परित्याग गरे । यसले ठूलो बहस पनि निम्त्याएको थियो ।

त्यसैले हत्तपत्त चर्चामा नआउने सामान्य प्रशासन मन्त्रालय सम्हालेका मन्त्री भइकन पनि लालबाबु त्यतिबेलाको मन्त्रीपरिषदकै सर्वाधिक चर्चित पात्र बन्न पुगेका थिए ।

Global Ime bank

नेपालको संक्रमणकालीन इतिहासका एक उल्लेखनीय पात्र बन्नका निम्ति लालबाबुलाई उनको अर्को कदमले पनि सघाएको थियो । त्यो हो, मुलुक कठीन राजनीतिक मोडबाट गुज्रिएको बेला मधेस र मधेसीलाई हेर्ने तत्कालीन मन्त्री लालबाबु पण्डितका दृष्टिकोण । पूर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिको मूलधारमा आएका पण्डितले त्यतिबेला लिएका अडान र ब्यक्तगरेका विचारहरु मधेसकै अर्का घेराले उठाइरहेको आवाजसँग बाझिन पुगेको थियो । 

विभाजनको राजनीति चर्किरहेको बेलामा लालबाबुले समूदायहरुलाई जोड्ने सेतू बन्ने प्रयास गरेका थिए । पण्डितका तत्कालीन भनाइहरुले उनलाई चर्चाको केन्द्रमा ल्याइदिएको थियो ।

यो बाहेक सरल ब्यक्तित्व र सामान्य जीवनशैलीमा रमाउने लालबाबु पण्डितको रंग–ढंगले पनि धेरैलाई आकर्षित गरिदियो । साइकल वा ट्याम्पुमा यात्रागर्ने यी हँसमुख व्यक्तिका बारेमा थप जिज्ञासा जनसाधारणमा पैदा भयो ।  

नेता मदन भण्डारीसँग भूमिगत कालमा साथै रहेर संगठनमा लागेका घटनादेखि पढाइ र पारिवारिक जीवनसम्मका भोगाइहरु कथाजस्तै भेटिए । यी सबैले लालबाबुमा संझौताहीन स्वभाव र राजनीतिक संघर्षबाट खारिएर तयार भएको ब्यक्तित्व अगाडि ल्याएको रहेछ । 

यसरी राजनीतिक जीवनलाई सत्ताको चरित्र बदल्ने संघर्षका रुपमा परिणत गरेका उनै लालबाबुका तिनै रोचक भोगाइहरु यस आत्मकथामा समेटिएको छ ।

‘लालबाबु पण्डितको यात्रा, बाटो र पाइलाहरु धेरैका निम्ति पठनीय हुनसक्ने ठानेर जीवनी प्रकाशन गर्ने निधोमा पुगेका हौं,’ पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘यसले नेपाली राजनीतिको जटिल समयमा पनि संभावना देखाउने एक नेतासँग पाठकलाई नजिक्याउने छ ।’

पण्डितले युवा सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन् ।

‘पहिलोपटक मन्त्री बन्नेबित्तिकै जताततै भद्रगोल मात्र देख्न थालेँ,’ पण्डित भन्छन्, ‘त्यतिबेलै सबैभन्दा पहिले मैले आफूलाई बदल्ने संकल्पका साथ काम सुरुगरेको थिएँ ।’
तिनै कामहरुलाई आफूले इमान्दारिका साथ पुस्तकमा राखेको पण्डित बताउँछन् ।

पण्डितलाई समाज परिवर्तन र राष्ट्रप्रति समर्पित सबैखाले मानिसले यो पुस्तक पढ्नेछन् भन्ने विश्वास छ ।

‘यो पुस्तकमार्फत मैले आफू स्वयंलाई कसीमा राखेको छु,’ पण्डितले थपे, ‘मैले राम्रो गरेँ वा नराम्रो भनेर छुट्याउने जिम्मा अब पाठकहरुकै हातमा छोड्छु ।’

पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC