site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘लघु, घरेलु तथा साना उद्योगबाट अर्थतन्त्र फस्टाउछ’ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं ।  उद्योगमन्त्री सुनिल बहादुर थापाले लघु, घरेलु तथा साना उद्योगबाटै देशको अर्थतन्त्र फष्टाउने बताए । त्यस्ता उद्योगहरुको विकास मुलुकको लागि अपरिहार्य आवश्यकता रहेको उनको उनको भनाइ छ । “लघु, घरेलु तथा साना उद्योग ठूला उद्योगको आधारस्तम्भ हो,” उनले भने “मेरो लगाव यस्ता उद्योगहरूसँग भएकाले देशका लागि यी सान उद्योगहरुको योगदान मैले महसुस गरेको छु ।” लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्घनका लागि ऋण लगायतका सहुलियत दिन आफु तयार रहेको उनको अभिव्यक्ती छ । 

लघु, घरेलु तथा साना उद्योगको वर्तमान अवस्था र अवसरका विषयमा नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री थापाले उद्योगको प्रवद्धनमा सहयोग गर्ने बताए । 

अन्तरक्रिया कार्यक्रममा महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले भने, नेपालका लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्घनका लागि सरकारले ल्याएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने विषय कागजमा मात्र सिमित भएको गुनासो गरे । उनले त्यसलाई व्यवहारमा रुपान्तरण गर्न पर्ने सरकारसँग माग गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  ०७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC