site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनले कसरी चुन्छ राष्ट्रपति ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । हरेक पाँच वर्षमा विश्वको ध्यान चीनमा हुन गइरहेको सत्तारुढ कम्युनिष्ट पार्टीको सम्मेलनमा जान्छ । यसै सम्मेलनमा कम्युनिष्ट पार्टीको नेतृत्व कसले सम्हाल्छ भन्ने तय हुन्छ । जसको हातमा कम्युनिष्ट पार्टीको कमान हुन्छ उसले चीनका एक अर्ब ३० करोड जनतामाथि शासन गर्दछ । यसका साथै ती व्यक्तिले विश्वकै दोस्रो ठूलो अर्थ व्यवस्थाको सञ्चालन गर्दछन् । 

चीनमा कम्युनिष्ट पार्टीको १९ औं सम्मेलन अक्टोबर १८ बाट सुरु हुने भएको छ । यस सम्मेलनमा कम्युनिष्ट पार्टीमा नेतृत्व परिवर्तनको अपेक्षा गरिएको छ । तर नेतृत्व परिवर्तन भएपनि शी जिनपिङ राष्ट्रपति रहिरहने पनि आंकलन गरिएको छ । 

मध्य अक्टोबरमा कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) ले देशभरीबाट प्रतिनिधिहरु चुन्दछ । त्यसपछि बेइजिङको ग्रेट हलमा बैठक बस्दछ । कम्युनिष्ट पार्टीका २३ सय प्रतिनिधि छन् । तर आगामी सम्मेलनमा २२ सय ८७ जना प्रतिनिधि मात्रै सहभागि हुनेछन् । १३ प्रतिनिधिलाई अनुचित व्यवहारका कारण अयोग्य ठहर गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बन्द कोठाभित्र सीपीसीले शक्तिशाली केन्द्रीय कमिटिको चुनाव गर्नेछ । केन्द्रीय कमिटिमा झण्डै दुई सय सदस्य हुन्छन् । उक्त कमिटिले पोलिटव्यूरो चयन गर्ने र पोलिटव्यूरोबाट स्थायी समिति गठन गरिन्छ । यी दुवै कमिटि चीनमा निर्णय लिने आधिकारिक निकाय मानिन्छन् । पोलिटव्यूरोमा अहिले २४ सदस्य छन् भने स्थायी समितिमा सात सदस्य छन् । आगामी दिनमा सदस्य संख्या परिवर्तन हुन सक्छ ।

भन्नलाई मतदान भनिएपनि चीनमा वर्तमान नेतृत्वमा अधिकांश व्यक्ति पहिलेबाटै तय गरिएका हुन्छन् । र कमिटि केवल निर्देशनको पालना मात्रै गर्ने गर्दछ । केन्द्रीय कमिटि पार्टीका शीर्ष नेताकोपनि चुनाव गर्दछ । जसलाई कम्युनिष्ट पार्टीमा महासचिव भनिन्छ । जो सीपीसीको महासचिव हुन्छ त्यही व्यक्ति नै देशको राष्ट्रपति बन्दछ ।

Global Ime bank

यस पटक शी जिनपिङ नै राष्ट्रपति रहिरहने बताइएको छ । 

१९ औं सम्मेलनको ध्यान यस पटक मूख्यगरी दुई कुरामा केन्द्रीत रहेको छ । पहिलो जिनपिङले आगामी पाँच वर्षका लागि चीनको नीतिलाई लिएर पेश गरेको बिस्तृत रिपोर्टमाथि विश्लेषकहरुले टिप्पणी गर्ने र दोस्रो पोलिटव्यूरो स्टेन्डिङ कमिटिलाई पूर्ण रुपले परिवर्तन गरिने अनुमान गरिएको छ । 

पार्टीका केही मूख्य पदमा अनौपचारिक कार्यकाल र उमेर हदको सीमा तय गरेका कारण अधिकांश पोलिटव्यूरो सदस्यहरु स्वतः पदबाट हट्ने भएका छन् । जसमध्ये भ्रष्टाचार विरोधी एजेन्सीका प्रमुख वाङ किसानपनि परेका छन् । तर राष्ट्रपति जिनपिङका अत्यन्तै नजिकका सहयोगी भएका कारण वाङलाई पदमा कायम राखिरहने अनुमान पनि गरिएको छ । 

कम्युनिष्ट पार्टीको सम्मेलनमा चीनको भविश्यका नयाँ नेताहरुलाई अगाडि सारिन सक्ने अपेक्षा गरिएको छ । सम्मेलनले जिनपिङको उत्तराधिकारी चुनेर आगामी पाँच वर्षसम्म देश चलाउने सम्भावना पनि देखिएको छ । तर जिनपिङले यस पटक परम्परा तोड्न सक्ने सम्भावना पनि उत्तिकै रहेको छ । 

सन् १०१२ मा सत्तामा आएका जिनपिङ झनझन शक्तिशाली बन्दै गएका छन् । उनलाई अनेकौं उपाधि दिइएको छ । ‘कोर लिडर अफ चाइना’ उपाधि पाएका जिनपिङ माओत्से तुङ जस्ता नेताहरुको पंक्तिमा उभिन सफल भएका छन् । चीनको राजनीतिक इतिहासमा जिनपिङ माओको स्तरसम्म पुगे उनले परम्परागत रुपमा राष्ट्रपतिको दुई कार्यकालको सीमा बढाउने घोषणासम्म गर्न सक्ने केही मानिसहरुले अनुमान गरेका छन् । 

स्थायी कमिटिमा ठूलो फेरबदलले चीनमा नीतिगत परिवर्तन आउन सक्ने केही विश्लेषकहरुको भनाई छ । तर विश्व समुदायका लागि चीनको व्यवहारमा कुनै परिवर्तन नआउने बताइएको छ । जिनपिङ फेरी राष्ट्रपतिमा चुनिए स्थिरता बनि राख्ने छ । चीनमा आर्थिक सुधार कार्यक्रम अझै जारी छ जसमा जिनपिङको भ्रष्टाचार विरोधी अभियान र अधिनायकवादी शासनपनि छ । 

जिनपिङको नेतृत्वमा चीन विश्वस्तरमा कयौं मामिलामा अगाडि देखिएको छ । जसमा विशेष गरेर दक्षिण चीन सागरको विस्तार र ‘वन बेल्ट वन रोड’ अहम् देखिएको छ ।

डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरीका जुन स्थितिमा छ त्यसमा चीनले आफुलाई एक वैकल्पिक सपर पावरका रुपमा पेश गरिरहेको छ । तर उत्तर कोरिया र उसको परमाणु संकटको प्रश्न भने अहिलेपनि बाँकी नै छ ।   
साभारः बीबीसी हिन्दी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४  ०५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC