काठमाडौं । नेपाली बजारमा ग्याब्रिएल इन्डियाका सक एब्जर्बर र टायर बिक्री हुने भएको छ । सत्यदिप इन्टरनेशनल र शिवम् इन्टरनेशनले उक्त ग्याब्रिएल इन्डियाका सक एब्जर्बर र टायर आधिकारिक रुपमा बिक्री गर्ने भएको हो ।
काठमाडौंमा च्यानल पार्टनर मिटले आयोजना गरेको कार्यक्रममा ग्याब्रिएल इन्डिया लिमिटेडका एक्सपोर्ट हेड अनिल शर्मा, जेनेरल म्यानेजर (इस्ट) नवेद बेग चुग्दाई र नेपालका लागि इन्चार्ज आरके सिंहले संयुक्त रुपमा सो सक र टायरको बिक्रीकोे घोषणा गरेका थिए । कार्यक्रममा सक एब्जर्बर, टायरका साथै कम्पनीका अन्य उत्पादनहरुको वारेमा समेत जानकारी दिइएको जनाइएको छ ।
कम्पनीका अनुसार ग्याब्रिएल इन्डियाले टु ह्विलर, थ्री ह्विलर, प्यासेन्जर कार र कमर्शियल गाडीहरुको सक एब्जर्बर साथै दुई पांग्रे र तीन पांग्रे सवारीका लागि टायर उपलब्ध गराउँदै आएको बताइएको छ ।
आनन्द ग्रुप अन्तर्गतको ग्याब्रिएल इन्डिया सन् १९६१ मा स्थापना भएको थियो । हाल कम्पनीले सक एब्जर्बर, स्ट्रट र फ्रन्ट फोर्क गरी अटोमोटिभ सेगमेन्टका ३ सय भन्दा बढी मोडलका उत्पादन उपलब्ध गराउँदै आएको छ ।