धनगढी । राष्ट्रकवि माधव घिमिरेलाई राजधानी वाहिरको सवैभन्दा ठूलो साहित्यिक पुरस्कार प्रदान गरिने भएको छ । धनगढीमा गत वर्ष महाकाब्यकार मनिराम जोशीका छोरा गोविन्दाराज जोशीले स्थापना गरेको एक लाख राशीको ‘मनिराम वाङ्गमय पुरस्कार’ पहिलो पटक राष्ट्रकवि घिमिरेलाई प्रदान गरिने भएको हो । जनशताब्दीका अवसर पारेर उनलाई प्रदान गर्ने निर्णय गरिएको नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष साहित्यकार पदमराज जोशीले बताए ।
उनले भने, “रामचन्द्र भट्टको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले गरेको सिफारीस अनुसार राष्ट्रकविलाइ उनको जन्म शताव्दीका अवसरमा उक्त पुरस्कार दिने निर्णय गरिएको हो ।’’
गत बर्ष प्रतिष्ठानको संयोजनमा धनगढीका महाकाब्यकार मनिराम जोशीका छोरा गोबिन्दराज जोशीले १० लाख अक्षयकोष स्थापना गरि हरेक बर्ष एक लाख धनराशीको उक्त पुरस्कार दिने निर्णय गरिएको थियो ।