site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मलाई मुकेश कायस्थ नबनाऊ’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

मलाई मुकेश कायस्थ नबनाऊ 
सक्छौ भने मेरो उपचार गराऊ
मेरो धेरै ठूलो कहानी छ, बिर्सिने एउटै बानी छ  बम
यो बानीलाई अलिकति तेज बनाऊ
सक्छौ भने उपचार गराऊ ।

“मैले यो याचना गरेको होइन । आफ्नो अधिकार मागेको हो,” माथिको मुक्तक पढिसकेपछि वासुदेव मुनालले भने ।
आँगनमा कुकुर देखेपछि हामीले गेटमा ढकढक गर्‍र्यौं । उनी हामीलाई नै पर्खेर बसिरहेका रहेछन् । गेटमा हामीलाई देख्नेबित्तिकै आत्मीय लवजमा भने, “पत्रकार भाइहरू हो ?” 
हामीले ‘हो’ भनेपछि उनले कुकुरलाई समाएर ‘चुप लाग्’ भने । 
पुच्छर हल्लाउँदै आज्ञाकारी कुकुर चुप लाग्यो र लुटपुटियो ।
“बाबु, भित्रै जाऊँ न,” मुनालले आग्रह गरे ।
हामी उनलाई पछ्याउँदै बैठक कोठामा पुग्यौं । बैठक कोठाको टेलिफोन सेट देखाउँदै उनले भने, “त्यो फोनमा तपाईंको कल आउँछ भनेर कुरेर बसें । तर, आएन । फोनै नगरी पो आउनुभयो ।”
हामी हाँस्यौंमात्रै, केही बोलेनौं ।
त्यसपछि सोफामा बसेका उनी उठेर कोठाको अर्को छेउमा रहेको टेबलमा राखेको कागजको पाना लिएर आए र त्यही मुक्तक दोहोर्‍याए ।
र, भने, “मैले भीख मागेको होइन, अधिकार मागेको हो । के मैले गल्ती गरें ?”
यति भन्दै गर्दा उनकी श्रीमतीले हामीलाई चिया र बिस्कुटले स्वागत गरिन् । त्यसपछि हामीले कुराको पोयो खोल्यौं । 
बुबाले रेडियो नेपालमा कति वर्ष काम गर्नुभयो ? 
उनी फेरि उठे र अघिकै टेबलतर्फ लागे । हिँड्न अलि असहज हुँदोरहेछ । यो प्रश्न गरेर गाह्रो पारिएछ कि जस्तो पनि लाग्यो ।
उनले ६ पृष्ठ लामो आफ्नो जीवन अनुभव उतारिएको बायोडेटा मेरो हातमा थमाए र भने, “मलाई थाहा थियो तपाईंले यही सोध्नुहुन्छ भनेर, त्यसैले यो दिएको । यहाँ तपाईंलाई लेख्न ७० प्रतिशत सामग्री छ ।”
मैले मुनालजस्ता धेरै व्यक्तिको जीवनवृत्त संकलन गरेको छु । बुढेसकाल लागेपछि धेरैजसो अव्यवस्थित हुँदारहेछन् भन्ने अनुभव थियो मेरो । तर, उनी भने निकै व्यवस्थित रहेछन् । डेढ घण्टा लामो बसाइमा उनले धेरै कागजपत्र र व्यक्तिका नम्बर देखाए । हरेक कुरा सप्रमाण गरे । उनी जे बोल्छन्, सप्रमाण बोल्छन् । 
० ० ० 
कुनै समय थियो रेडियो नेपाल भनेको अनौठो त्यस्तो चिज थियो, जुन सुन्न पाउनुमात्रै पनि नेपालीका लागि अहोभाग्य थियो । त्यसमा बोल्न त कसैले कल्पना पनि गर्दैनथे । त्यही समय वासुदेव मुनाललाई रेडियोमा बोल्ने अनौठो भूत सवार भइदियो । उनी बोल्नभन्दा पनि गाउन चाहन्थे । रेडियो नेपालबाट आफ्नो गीत बज्नु पनि आकाशबाट तारा झार्नुसरह नै थियो । त्यसैले उनलाई सपनाको सप्तरंगी झोला बोकाएर काठमाडौं ल्याइपुर्‍यायो । 
१० वर्षको उमेर । हिमालय स्कुलमा पढ्थे । राजविराजमा तत्कालीन राजा महेन्द्रको सवारी हुने भयो । राजालाई स्वागत गान गाएर स्वागत गर्ने सोच तत्कालीन अञ्चलाधीश मेन्टोजंग राणालाई आएछ । उनले गीत गाउने बालबालिका खोज्न थाले । त्यही क्रममा मुनाल र प्रेम भन्ने अर्का एक बालक छनोट भए । राजा राजविराज पुगे । त्यहाँ मुनाल र प्रेमले राजालाई स्वागत गानले स्वागत गरे ।
वासुदेवलाई घरबाट हिँड्ने बेलामा बुबाले राजा महेन्द्रलाई माला लगाइदिनू भनेका थिए । उनले माला लिएर गएका थिए । गीत गाए । माला लगाइदिन खोज्दा उनको उचाइ होचो भयो, राजा अग्ला । उनी मला लगाइदिन पुगेनन् । त्यो समय राजा प्रजासामु झुक्दैनथे । तर, महेन्द्र वासुदेवले माला लगाइदिन नपुगेपछि उनका अगाडि झुके र माला ग्रहण गरे । त्यहाँ आएका सबै छक्क परे । प्रजासामु राजा झुकेको देखेर अनौठो माने । 
० ० ० 
रेडियोकर्मी पुरुषोत्तम सापकोटा एकदिन मुनाल क्लब पुगे । उनले वासुदेवसँग गीत मागे । मुनालले ‘हुन्छ, कतिखेर आऊँ रु’ भनेर सोधे । सापकोटाले ‘राति आऊ, सुनसानमा रेकर्ड गरौंला’ भने । पुरुषोत्तमलाई गीत मन पर्‍यो ।
उनले घरमा गीत रेकर्ड गर्न रेडियो नेपाल जाने कुरा सुनाए । तर, बुबाले यो कुरा सुन्न पनि चाहेनन् । भने, “रेडियो नेपालमा गएपछि फटाहा भइन्छ, नजा ।”
तर, वासुदेव मानेनन् । मुनाल त्यो बेला कोरियन डेभलपमेन्ट कर्पोरेसन ९केडीसी०मा काम गर्थे । ८ सय रुपैयाँ तलब थियो । त्यति राम्रो जागिर छोडेर छोरो बिग्रिने भयो भन्ने उनलाई चिन्ता थियो ।
“८ बजे बुबा भात खाएर सुत्नुभो । म घरबाट निस्किएँ । चन्द्र श्रेष्ठ हार्मोनियम बजाउँथ्यो, विजय तबला बजाउँथ्यो, सतदान स्कुलमा मैले गीत गाएँ,” मुनालले गीति लयमै गीतको स्थायी गाएर सुनाए, “बाख्रा झर्‍यो भीरैभीर, भैंसी झर्‍यो खोला, गोठालाले गाको गीत नबिर्सनु होला ।”
यो गीत लिएर सापकोटा काठमाडौं आए । रेडियो नेपालमा यो गीत नातीकाजीले सुनेपछि उनले मुनाललाई गीत रेकर्ड गराउन काठमाडौं बोलाउन भने । पुरुषोत्तमले मुनाललाई फोन गरेर भने, “तपाईं काठमाडौं आउनुपर्‍यो ।”
मुनालले भने, “किन ?”
सापकोटाले भने, “गीत रेकर्ड गर्न ।”
उनले घरमा बुबालाई रेडियो नेपाल जान नेपाल जानुपर्ने भयो भने । 
तर, बुबाले यति राम्रो जागिर नछोड् भने । मुनाललाई भने रेडियो नेपालको नाम सुन्दै काठमाडौं पुगेर रेडियोमा गीत गाउने लोभले मन भुटेको थियो । उनी रेडियो नेपाल जान अधैर्य थिए ।
रेडियोमा स्वर घन्काउने उत्कट अभिलासा पोको पारेर सप्तरंगी सपना बोकेर लोकमणि सापकोटासँगै मुनाल छिरे काठमाडौं । त्यो बेला पुरुषोत्तम सापकोटा धार्मिक कार्यक्रम चलाउँथे ।
रेडियो नेपाल कस्तो होला भन्ने खुल्दुली थियो । काठमाडौं आएको भोलिपल्टै मुनाल लोकमणिसँगै रेडियो नेपाल पुगे । उनलाई रेडियो नेपाल देखेर अचम्म लाग्यो । सोचेभन्दा कति फरक १
वाद्यवादन शाखामा एउटा मधेसी केटो देखे । हार्मोनियम बजाइरहेको थियो र्‍याइँर्‍याइँ । मुनाललाई लाग्यो– राम्रोसँग हार्मोनियम पनि बजाउन नआउने को होला यो रु पछि उनले थाहा पाए– ती त उदितनारायण झा पो रहेछन् ।
मुनालको गीत नातीकाजीले सुने । गीत राम्रो छ, ५–६ दिनपछि रेकर्ड गर्नुपर्छ भने । विराटनगरबाट आएका उनलाई अर्काको कोठामा बस्दा अप्ठ्यारो महसुस भइरहेको थियो । ५–६ दिन कुर्न गाह्रो भयो । उनलाई चित्तै बुझेन । पुरुषोत्तमले उनलाई भने, “भरे साँझ एउटा कुरा गर्छु ।”
साँझ पुरुषोत्तमले भने, “मुनाल थाहा छ– प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल त विराटनगरकै हुन् नि । गएर भेट । आफ्नो कुरा राख ।”
उनी प्रधानमन्त्रीको क्वाटरमा पुगे । सुरक्षा घेरामा रहेका प्रहरीले ‘तपाईं को रु’ भनेर सोधे । 
मुनालले भने, “म प्रधामन्त्रीलाई भेट्न आएको ।”
रिजालका पीए थिए, सेवन्त । उनले रिजालकोमा कुरा पुर्‍याए ।
खुला चौरमा बसिरहेका प्रधानमन्त्री रिजालले मुनाललाई भने, “कहाँबाट आएको रु”
“विराटनगरबाट,” मुनालले भने ।
“के कामले आयौ ?”
उनले भने, “म रेडियोमा काम गर्न मन लागेर आएको ।”
“के गर्छौ त रु” रिजालले सोधे । 
मुनालले जवाफ दिए, “गीत गाउँछु ।”
“एउटा गीत गाऊ त,” रिजालले भने ।
उनले पीएलाई भने, “ए सेवन्त, गीत सुन्न आइज ।”
मुनालले गीत गाए, “बाख्रा झर्‍यो भीरैभीर, भैंसी झर्‍यो खोला, गोठालाले गा’को गीत नबिर्सनु होला ।”
“ओहो १ राम्रो गीत गाउँदो रहेछौ । सेवन्त, रेडियोको डाइरेक्टर को हो रु फोन लगाऊ ।”
त्यो बेला रेडियो नेपालको निर्देशक रामराजा पौडेल थिए । उनलाई प्रधानमन्त्री रिजालले मुनालकै अगाडि फोन गरे ।
रामराजासँग कुरा गरेपछि प्रधानमन्त्रीले भने, “रेडियो नेपाल देखेको छ रु भोलि बिहान १० बजे पुग्नू ।”
मुनाल ‘हस् हजुर’ भनेर फर्किए । 
उनलाई त्यो साँझ र भोलिपल्ट बिहान रेडियोमा जागिर हुन्छ कि हुँदैन भनेर भात खान पनि मन लागेन । खान त बस्थे तर खान मनै नलाग्ने ।
भोलिपल्ट बिहान ठीक १० बजे रेडियो नेपाल पुगे र निर्देशक रामराजा पौडेललाई भेटे । पौडेलले भने, “तपाईं हामीलाई नभनी किन प्रधानमन्त्रीकोमा जानुभएको रु मलाई भन्नुभएको भए त म काम गर्दिहाल्थें नि १”
पौडेलले सोधे, “तपाईं कुन कार्यक्रम चलाउने ?”
मुनाल बेला–बेला ‘बाल कार्यक्रम’ सुन्थे । त्यो बेला किरण खरेलले चलाउँथे । 
“अनि अर्को ?” पौडेलले सोधे ।
मुनालले निरोजराज पाण्डेले चलाउने कार्यक्रम ‘सुनगाभा’ भने । 
“कुनचाहिँ कार्यक्रम चलाउने, भन्नुस्,” निर्देशकले सोधे ।
मुनालले भने, “बाल कार्यक्रम चलाउँछु ।”
त्यही बेला नातीकाजी आइपुगे र भने, “तपाई गीत पनि गाउनुहुन्छ, होइन ?”
मुनालले भने, “गाउँछु ।”
पीएम तपाईंको को पर्छ भनेर सोधे । मुनालले पनि नाता पर्ने गफ दिए ।
“मलाई पहिल्यै भन्नुपर्दैन रु” उनले सोधे, “कहिले गीत रेकर्ड गर्ने ?”
मुनालको जागिर त्यही क्षण पक्का भयो । उनी पुलकित भए । खुट्टा भुइँमा रहेनन् । खुसीले मन नाच्यो । रेडियोमा बोल्ने सपना पूरा भयो । संसार जितेजस्तै भयो ।
रामराजाले नातीकाजीलाई निर्देशन दिए, “उहाँले पहिलो गीत मेरो गाउनुहुन्छ । त्यहीअनुसार तयारी गर्नू ।”
नातीकाजीले मुनाललाई आफ्नो च्याम्बरमा लगे र रामराजाको ‘क, ख, ग, घ।।।’ भन्ने गीत त्यहीँ संगीत गरे ।
प्रधानमन्त्रीको मान्छे भनेपछि उनले स्वर परीक्षा पनि पास गर्नु परेन । शायद मुनाल त्यस्तो एक्लो व्यक्ति हुन्, जसले रेडियो नेपालमा स्वर परीक्षाबिनै गीत गाए र रेडियोमा उनको स्वर अनएयर भयो ।
उनको सम्मान नै बढ्यो । उनलाई रेडियोमा हेर्ने दृष्टिकोण नै परिवर्तन भयो । सबैले नमस्कार गर्न थाले । उनले पावरका पछि मान्छे कसरी लाग्छ भन्ने अनुभूत गरेको त्यही क्षण हो ।
उनको जागिर त भयो । तर, तलब भने जम्मा २५० रुपैयाँ । केडीसीमा ८०० तलब खाइरहेका उनले सोचे– मलाई पैसा ठूलो कुरा होइन, कलाकार बन्नु छ । त्यसैले यहीँ काम गर्नुपर्छ ।
४५ रुपैयाँ कोठा भाडा तिरेर उनी पुरुषोत्तम सापकोटासँगै काठमाडौंमा बस्न थाले ।
रेडियोमा नियुक्ति लिएको सात दिन भएको थियो । सञ्चारमन्त्री राधाप्रसाद घिमिरे रेडियो नेपाल आए । राजारामसँगै बसेका मुनाललाई मन्त्री घिमिरेले देख्नासाथै ‘ओहो मुनाल १ कहिले काठमाडौं आयौ रु’ भनेर धाप मारे ।
मुनालले भने, “दाइ, म यतै छु नि ।” 
निर्देशक राजाराम मुनाललाई हेरेको हेर्‍यै भए । उनको पहुँच प्रधानमन्त्रीदेखि सञ्चारमन्त्रीसम्म रहेको देखेर तीनछक्क परे ।  
० ० ० 
बाल कार्यक्रम चलाउँछु भनेर भनेका मुनाललाई केही राम्रो र नयाँ गर्नुपर्छ भन्ने लाग्यो । किरण खरेलले जसरी गर्थे, त्यस्तो नगर्ने भन्ने सोच उनमा  आयो । उनले घरमा आएर डायरीमा लेखे, “आओ मेरा प्यारा प्यारा भाइबहिनीहरु हो । रेडियो नजिक आऊ ।”
किरण खरेलले बाल कार्यक्रम चलाएको सुने पनि त्यो समय भने धना लामाले चलाउन थालेकी थिइन् । धनालाई उनले भने, “मलाई बाल कार्यक्रम चलाउन भनिएको छ ।”
धनाले खुसी हुँदै भनिन्, “मलाई खल्यान उठाउन जानु छ । भोलिबाटै चलाउनू ।”
मुनालले भने, “भोलि तपार्इं जाने भए मलाई कसले सिकाउँछ ?”
धनाले पाण्डव सुनुवारतिर देखाउँदै भनिन्, “उहाँले सिकाउनुहुन्छ ।”
पाण्डवले ‘म डाइरेक्ट उसलाई अनएयर लगिदिन्छु’ भने । मुनाल डराए । मुटुले ठाउँ छोड्ला जस्तो भयो । पाण्डवले ‘म जे भन्न लगाउँछु, त्यही मात्र बोल्नू, अरु समय सास पनि ठूलो नफेर्नू’ भनेर स्टुडियो छिराए ।
उनले ‘यो रेडियो नेपाल हो । अब सुन्नुहोस् ग्रामीण कार्यक्रम’ भन्न लगाए ।
मुनालले रेडियो नेपालमा बोलेको पहिलो वाक्य यही हो । यसको भोलिपल्ट धना लामा खल्यान उठाउन जानु छ भन्दै काठमाडौं छोडिन् । मुनालले बाल कार्यक्रम नियमित चलाउन थाले ।
उनले चलाउनुअघि मुस्किलले तीन–चार वटा पत्र आउने बाल कार्यक्रममा मुनालले ‘कोभन्दा को कम’ भन्ने सेगमेन्टमार्फत बच्चाको सिर्जना प्रतिस्पर्धा गराउन थाले । त्यसपछि दिनकै झोलाका झोला पत्र आउन थाले । कार्यक्रम हिट भयो । मुनालले भने, “३१ वर्षसम्म मैले यो कार्यक्रम चलाएँ ।”
यही कार्यक्रमले उनलाई नाम, दाम, सम्मान र इज्जत दियो । 
उनी बैठक कोठामा राखेका सम्मानपत्र र मायाको चिनो देखाउँदै भने, “ऊ।।। यो माधवकुमार नेपाल आएको कार्यक्रममा हिजोमात्रै मलाई अतिथि बनाएर बोलाएको कार्यक्रममा दिएको । माया गर्छन्, बोलाउँछन् । यही त हो मेरो इज्जत, होइन र ?”
० ० ० 
उनको बाल कार्यक्रममा धैरै सहभागी भए । युवराजदेखि युवराज्ञीसम्म बाल कार्यक्रममा सहभागी भए । तत्कालीन अधिराजकुमारी श्रुती शाहदेखि युवराज दीपेन्द्रसम्मले बाल कार्यक्रममा भाग लिए । श्रुतीले दुई वटा बाल गीत गाइन् । मुनाललाई उनले गाएको गीत सबै याद नभए पनि गीतको स्थायीमा ‘गुराँस’ भन्ने शब्द समेटिएको याद रहेछ । दीपेन्द्रले खेलकुदसम्बन्धी गीत गाएका थिए रे
सेन्टमेरिजमा पढ्ने श्रुती रेडियो नेपालमा आउँदा रेडियोका अरु सहकर्मीहरू डराउँदा रहेछन् । उनले सम्झिए, “महेन्द्रलाई माला लगाइदिएको मलाई भने डर लाग्दैनथ्यो । नमस्ते गर्थें र यथावत् रूपमै कार्यक्रम चलाउथँ । दीपेन्द्र भने अलि रमाइलो खालका थिए । उनी त मलाई मेरो कान्छो मोहित ९वासुदेवका छोरा गायक तथा संगीतकार मोहित मुनालजस्तै लाग्थ्यो । पछि पनि उनीसँग भेट हुन्थ्यो । पिउने, रमाइलो गर्नुपर्ने बानी थियो उनको ।”
० ० ०
उनी राणाका प्रिय पात्र बने । नीरप्रताप राणाले सधैं उनलाई बोलाउँथे । उनको एउटा खुट्टा पुतलीसडकमा हुन्थ्यो भने अर्को खुट्टा राणाको घरमा । राणाहरू बोलाउँथे, गीत गाउन लगाउँथे । पैसा र लुगा दिन्थे । उनीसँगै उदितनारायण झा, पाण्डव सुनुवार र अमर गुरुङ पनि कहिलेकाहीँ सँगै हुन्थे राणाकोमा । उनलाई नीरप्रतापकी श्रीमती कमल राणाले पनि खुब माया गर्थिन् । ‘बस्नू बाबु बस्नू, एउटा गीत गाउनू’ भन्थिन् ।
उनले ‘ढुकुर भन्छ कुरकुर, काग भन्छ काग काग’ गीत गाएर सुनाउँथे । राणाकोमा गीत गाउन जाने र रक्सी पिउनेहरू थरीथरीको विदेशी ब्रान्डका रक्सी पिएर फर्किन्थे । रक्सी नपिउने मुनाल भने भात र हलुवा खाएर फर्किन्थे ।
राणाका मस्त उमेरका जवान छोरीहरूले मुनाललाई मायालु आँखा लगाउँथे । मुनाल आफैं लाज मानेर निस्किन्थे । 
० ० ० 
समय सधैं आफ्नो पक्षमा हुँदैन । चाडपर्व पनि सधैं खुसी लिएर आउँदैनन् । यस्तै भयो मुनालका लागि ०६४ सालको दसैं ।
दसैंको टीकाको दिन थियो । उनले सबैलाई टीका लगाइदिए । मान्यजनबाट आफूले पनि टीका लगाए । साँझ पर्‍यो । उनी भित्तामा टाँसिएको दुर्गामाताको तस्बिरमा पूजा गर्दै थिए । अचानक टाउको घुमाएजस्तो भयो । उनी भुइँमा लडे । त्यसपछि होस खुल्दा उनी मोडल हस्पिटलमा थिए । त्यहाँपछि उनी अहिलेसम्म पूर्ण रूपमा स्वस्थ हुन सकेका छैनन । ०३० सालदेखि रेडियो नेपालसँगको उनको सम्बन्ध त्यही दिनदेखि टुट्यो । स्रोतासँगको सम्बन्ध टाढियो ।
हामी हिँड्ने बेलामा उनले भने, “बाबु, अनलाइन होइन तपाईंको ?”
मैले भने, “हो बुबा ।”
उनले फेरि सोधे, “कम्प्युटरमा आउँछ है ?”
“हो बुबा,” मैले भनें ।
“मलाई खबर गर्नुहुन्छ नि रु कम्प्युटर बुहारीको कोठामा छ । बाबुले लेखेको मलाई मोहितले पढेर सुनाउँछ,” उनले उत्सुक हुँदै भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १३, २०७४  १०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro