site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पैसाकै खुल्दुली हुन्थ्यो : कमल खत्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक कमल खत्री पनि बच्चपनामा आम केटाकेटीभन्दा फरक थिएनन् । उनको दसैं स्मरण पनि अरुको जस्तै रमाइलो नैछ । आमाबाबुले टीका लगाएर कति पैसा दिन्छन् भन्ने कमललाई खुल्दुली हुन्थ्यो । 

सानोमा सबै केटाकेटी उस्तै हुन्छन् जस्तो लाग्छ मलाई । बहिनीलाई पैसा दिँदा कमलाई पनि उनका बुवा अमाले पैसा दिन्थे । उनी पनि मक्ख पर्थे र हात थाप्थे । उनले अहिले पो थाहा पाए, “भयो हामीले नै पो दिनुपर्दोरहेछ । अहिले भने म आफैं आमाबुबालाई दिन्छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

त्यो बेला पैसा कति जम्मा हुन्छ ? भन्ने हुन्थ्यो । दसैं नै पैसा र खसी हो जस्तो लाग्थ्यो । अरु दिन भन्दा पनि खसी काट्ने दिन बेग्लै उत्साह हुन्थ्यो कमलमा । त्यसपछि टिका लगाउने दिन पैसाको प्रतिक्षा हुन्थ्यो ।  

सर्लाही स्थायी घर भएका कमल मामाघर भने खासै जाँदैनथे । “तराईमा दसैं खासै उत्साहपूर्वक नमनाइने भएकाले होला, कुनै÷कुनै दसंैमा मात्रै गइन्थ्यो,” उनले सम्झिए । 
कमलले दसैं घरमा मनाउन छोडेको निकै भयो । कुनै केनै वर्ष मात्रै हो उनले अहिले परिवारसँग बसेर दसैं मनाउने । 

Global Ime bank

संगीत पारखीहरुको मनमा बसेपछि भने कमलको दसैं  घरमा भन्दा बाहिर धेरै हुन थाल्यो । भन्छन्, “सांगीतिक कार्यक्रमहरू भइरहन्छन् । ती कार्यक्रमहरूमा सहभागी हुनुपर्छ । चाडपर्व घरमा भन्दा बाहिरै धेरै मनाइन्छ ।” 

यो पटक पनि उनी दसैंको कार्यक्रममा व्यस्त भए । दसे लागसिकेपछि उनी कोहलपुर पुगे । कोहलपुरबाट धरान पुगेका कमल त्यतैबाट टिकाको दिन घर पुग्दैछन् । यो पटक भने कमलले घरमै दसैं मनाउने बताए ।   

कमलको घर सर्लाही बरथहवा हो । दसैं मात्रै होइन उनी तिहारमा पनि उस्तै रमाइलो गर्थे । “देउसी खेल्न जान्थ्यौं । पटकामा आगो सल्काएर घरभित्रै पड्काएर भाग्थ्यौं,” कमलले सम्झिए । त्यस्तो उट्पट्याङ काम सम्झिँदा अहिले भने उनलाई त्यसो नगरेको भए पनि हुन्थ्यो जस्तो लाग्छ । तर उनी मात्रै होइन । गाउँका अधिकांश केटाकेटी त्यस्तै हुन्थे । संगत अनुसार पनि हुँदोरहेछ सायद उनी पनि साथीहरुकै लहलहैमा हिँड्थे ।   
समयसँगै उमेर बढेपछि दसैंमा हुने उट्पट्याङ पनि कम हुँदै गयो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १२, २०७४  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC