site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
नयाँ प्रतिबन्धपछि अमेरिकालाई उत्तर कोरियाको अर्को धम्की !
Sarbottam CementSarbottam Cement

काठमाडौं । संयुक्त राष्ट्र संघको नयाँ प्रतिबन्धपछि उत्तर कोरियाले अमेरिकालाई ‘भयानक पीडा’ दिने धम्की दिएको छ । संयुक्त राष्ट्र संघका लागि उत्तर कोरियाका दूतले अमेरिकामाथि राजनीतिक, आर्थिक र सैन्य संघर्षको विकल्प रोजेको आरोप लगाएका छन् । 

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विचारमा उत्तर कोरियालाई तह लगाउनका लागि जे गर्न सकिन्थ्यो, त्यस दृष्टिले यो प्रतिबन्ध केही पनि होइन । संयुक्त राष्ट्र संघको नयाँ प्रतिबन्धको उद्देश्य उत्तर कोरियाका लागि हुँदै आएको तेल निर्यात रोक्नु र उसको हतियारसम्बन्धी कार्यक्रमका लागि आर्थिक स्रोत समाप्त पारिदिनु हो । यसै महिना उत्तर कोरियाले आफ्नो छैटौं र अहिलेसम्मको सबैभन्दा ठूलो परमाणु परीक्षण गरेको थियो । यो प्रतिबन्ध त्यसैको प्रत्युत्तरमा लगाइएको हो । उत्तर कोरियाका लागि संयुक्त राष्ट्र संघका दूत हान ताए सोंगले यसलाई अवैध भनेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जेनेभामा संयुक्त राष्ट्र संघको एक सम्मेलनमा उनले भने, ‘‘उत्तर कोरियाले जे गर्न गैरहेको छ, त्यसले अमेरिकालाई ठूलो पीडा हुन सक्छ, जुन उसलाई यसअघि कहिल्यै भएको थिएन ।’’

संयुक्त राष्ट्र संघले सर्वसम्मतिले उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध पारित गरेको छ । तर यो प्रतिबन्धमा अमेरिकाले अगाडि सारेका केही कडा बुँदालाई उत्तर कोरियाका सहयोगी देश रुस र चीनले केही खुकुलो बनाउन पहल गरेपछि सोहीअनुसार गरिएको थियो । शुरुमा अमेरिकाले उत्तर कोरियाले गर्दै आएको तेलको आयातमा पूर्ण प्रतिबन्ध लगाउने बुँदा अगाडि सारेको थियो । यस्तो भएको भए उत्तर कोरियाको सरकार अस्थिर हुन सक्थ्यो । तर रुस र चीनले यस्तो कडा प्रतिबन्धलाई केही खुकुलो बनाउन लबिङ गरेका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  ०५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC