site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
सेल्टरमा रहेका महिला कामदारलाई घर पठाउँदै साउदी अरब  
Sarbottam CementSarbottam Cement

काठमाडौं । साउदी अरबको श्रम तथा सामाजिक विकास मन्त्रालयले महिला शेल्टरमा रहेका १३९२ घरेलु महिला कामदार साउदी छाडेर स्वदेश फर्केको जनाएको छ । ‘शवाल’को ‘हिजरी’ महिनामा उनीहरूले आश्रयस्थल छाडेको मन्त्रालयको भनाइ छ । 

औपचारिक प्रक्रिया पूरा गरेपछि शेल्टरमा रहेका अन्य घरेलु महिला कामदारलाई स्वदेश फर्काउने तयारी भइरहेको पनि मन्त्रालयको भनाइ छ । आश्रयस्थलमा राखिएका महिलाहरूको पूर्ण सुरक्षा प्रदान गरिने र घर पठाउनु अघि पूर्ण अधिकार प्राप्त गर्न सहयोग गर्ने मन्त्रालयको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयका प्रवक्ता खालिद अबा अल–खेइलले भने, “घरेलु कामदारका लागि कुनै पनि विवादको मामिलामा एउटा पक्षले अर्को पक्षको विरुद्ध घरेलु श्रम मध्यस्तता समिति अघि आधिकारिक गुनासो दर्ता गर्नुपर्छ भन्ने निर्धारण गरिएको छ ।”

महिला श्रमिकको आश्रयस्थल (शेल्टर) मा रोजगारदाताको घरबाट भागेका र समस्यामा परेका महिला कामदारलाई राखिने गरिएको छ । तिनीहरूलाई रोजगारदातासँगको मुद्दा किनारा लगाएपछि स्वदेश फर्काउने गरिएको अरबन्युजले लेखेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ५, २०७४  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय