site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ओलम्पियन पौडीबाज गौरिकाको तीन राष्ट्रिय कीर्तिमानसहित ६ स्वर्ण , सुभमको दुई राष्ट्रिय कीर्तिमान
Sarbottam CementSarbottam Cement

काठमाडौं । ओलम्पियन पौडीबाज गौरिका सिंहले २० औं राष्ट्रिय पौडी प्रतियोगिताको अन्तिम दिन शुक्रबार तीन राष्ट्रिय किर्तिमान बनाएकी छिन् । सातदोबाटोमा बिहिबार सुरु राष्ट्रिय पौडीको पहिलो दिन पनि गौरिकाले २ राष्ट्रिय किर्तिमान बनाएकी थिइन् ।

सातदोबाटोस्थित अन्तर्रा्ष्ट्रिय पौडी परिसरमा सम्पन्न प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लबकी गौरिकाले महिला सय मिटर फ्रिस्टायल,  सय मिटर बटरफ्लाई र ५० मिटर फ्रिस्टाइलमा कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । यस्तै गौरिका,ओशिना भारती,दिलिप थापा मगर र अनुभव सुब्बासहित टिम आर्मीले चार गुणा सय मिटर मिक्स फ्रि रिलेमा पनि स्वर्ण हात पारेका छन् ।

योसँगै गौरिकाले २० औं राष्ट्रिय पौडीमा पाँच राष्ट्रिय किर्तिमानसहित सहभागी जनाएको सबै ६ स्पर्धामा स्वर्ण जितेकी छिन् । पहिलो दिन गौरिकाले ५० मिटर बटरफ्लाई र २ सय मिटर फ्रिस्टाइल स्पर्धामा राष्ट्रिय किर्तिमान बनाएकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गत वर्ष रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी बनेकी गौरिकाले अन्तिम दिन सय मिटर फ्रिस्टायलको हिट्स चरणमा  १ मिनेट ७९ सकेन्डको नयाँ राष्ट्रिय किर्तिमान कायम गरिन् । फाइनल चरणमा १ मिनेट ०२.०३ सकेन्डको समयका साथ स्वर्ण जितेकी गौरिकाले आफ्नै नाममा रहेको किर्तिमान भङ्ग गरेकी हुन् ।

गौरिकाले गत बर्ष दुबईमा भएको आइरिस ओपन च्याम्पियनसिपमा १ मिनेट ०१.७८ सकेन्डको किर्तिमान बनाएकी थिइन् । यो स्पर्धामा मध्यमाञ्चलकी टिसा शाक्यले रजत र एपीएफकी डुआना लामाले कास्य जितिन् ।

Global Ime bank

शुक्रबार नै भएको सय मिटर बटरफ्लाईमा गौरिकाले १ मिनेट ०७.६९ सेकेन्डको समय निकाल्दै किर्तिमानसहित स्वर्ण जितिन्  । गौरिकाले गत बर्ष भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा बनाएको १ मिनेट १०.९४ सेकेन्डको आफ्नै किर्तिमान भङ्ग गरेकी हुन् । यो स्पर्धामा एपीएफकी डुआना लामाले रजत र मध्यमाञ्चलकी लुमाना शाक्यले कास्य जितिन् ।

साग खेलकुदमा एक रजत र तीन कांस्यपदक जितेकी गौरिकाले महिला अन्तिम दिन ५० मिटर फ्रिस्टाइलको हिट्स चरणमा  २८.०९ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय किर्तिमान कायम गरिन्  । फाइनल चरणमा २८.५० सकेन्डको समयसहित स्वर्ण जितेकी गौरिकाले भारतमा सम्पन्न सागमा सोफिया शाहले बनाएकी २८.८५ सकेन्डको किर्तिमान भङ्ग गरेकी हुन् ।

नेपाल पौडी संघले आयोजना गरेको २० औं राष्ट्रिय पौडीको अन्तिम दिन एपीएफका सुभम श्रेष्ठले दुई राष्ट्रिय किर्तिमान बनाए । पहिलो दिन एक राष्ट्रिय किर्तिमान बनाएका सुभमले दोस्रो दिन सय मिटर ब्रेष्टस्ट्रोक र ५० मिटर ब्रेष्टस्ट्रोकमा किर्तिमानसहित स्वर्ण जिते ।

एक सय मिटर ब्रेष्टस्ट्रोकको फाइनल चरणमा १ मिनेट ११.२४ सकेन्डको राष्ट्रिय किर्तिमानसहित सुभमले स्वर्ण जितेका हुन्  । सुभमले गत महिना फिना विश्व पौडी च्याम्पियनसिपमा आफ्नै नाममा रहेको १ मिनेट ११.३४ सकेन्डको किर्तिमान तोडेका हुन्  । यस स्पर्धामा मध्यमाञ्चलका किरण कार्कीले रजत र बेदग्य राज जोशीले कास्य पदक जिते ।

यस्तै सुभमले ५० मिटर ब्रेष्टस्ट्रोकको हिट्स चरणमा ३२.४० सकेन्डको समयसहित राष्ट्रिय किर्तिमान बनाए । फाइनल चरणमा ३२.८२ सकेन्डसहित स्वर्ण जितेका सुभमले किरण कार्कीको नाममा रहेको ३२.४५ सकेन्डको किर्तिमान तोडेका हुन् । यो स्पर्धामा किरणले रजत र सायद हाम्जा शाहले कास्य जिते ।

राष्ट्रिय पौडीको अन्तिम दिन आर्मीका अनुभव सुब्बाले पुरुष सय मिटर फ्रिस्टाइल, सय मिटर ब्याकस्ट्रोक, सय मिटर बटरफ्लाई  र २ सय मिटर इन्डीभिजुअल मिड्लेमा स्वर्ण जित्दा एपीएफकी डुआना लामाले महिला २ सय मिटर इन्डीभिजुअल मिड्लेमा स्वर्ण पाइन् । यस्तै महिला सय मिटर ब्याकस्ट्रोकमा पश्चिमाञ्चलकी समिरा सोभा थापाले स्वर्ण, महिला सय मिटर ब्रेष्टस्ट्रोकमा  मध्यमाञ्चलकी टिसा शाक्यले स्वर्ण र ५० मिटर फ्रिस्टाइलमा मध्यमाञ्चलका एलेक्जेन्डर शाहले स्वर्ण जिते ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २, २०७४  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC