site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘साहो’ मा बाहुबली प्रभाससँग श्रद्धा कपुर
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘बाहुबली’ बनेका प्रभास दर्शकका मनमा छाइरहेका छन् । अब फ्यानलाई उनको आगामी चलचित्र ‘साहो’ को तीव्र पर्खाइ छ । जसको टिजर सार्वजनिक भइसकेको छ । प्रभाससँग चलचित्रमा को हिरोइन राख्ने भन्ने बारे खोजी भइरहेको थियो ।

चलचित्र निर्माण पक्षले अभिनेत्री श्रद्धा कपुरका नाम निश्चित गरेका छन् । चलचित्रका लागि अनुष्का शेट्टी र श्रद्धा कपुरको नाम चर्चामा थियो । खबरका अनुसार अनुष्काको तौलका कारण उनी चलचित्रमा फिट हुन सकिनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रका निर्माताले ‘मुम्बई मिरर’ सँग कुराकानी गर्दै भने, “श्रद्धा यो भूमिकाका लागि उचित छिन् । उनलाई साइन गराएर हामी खुसी छौँ । ‘साहो’ प्रभासको पहिलो हिन्दी फिल्म हो । यो हामी सबैका लागि निकै विशेष हो ।”

चलचित्र तीन भाषामा छायांकन गरिनेछ । हिन्दी, तमिल र तेलुगु । प्रभासले चलचित्रको सुटिङ अगस्टबाट सुरु गरेका छन् । 

Global Ime bank

हैदराबादको रामोजी फिल्म सिटीमा चलचित्रको ठूलो सेट निर्माण गरिएको छ । चलचित्रको केही भाग आबुधाबी र रोमानियामा पनि सुट गरिनेछ । चलचित्रको संगीत शंकर–एहसान–लोयले दिनेछन् । अमिताभ भट्टाचार्यले चलचित्रका लागि गीत लेख्नेछन् । 

 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  ०४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC