site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नयाँ खेलाडी, खेल सामग्री र नयाँ नियमका साथ इन्ग्लिश प्रिमियर लिगको २५ औं सिजन आजबाट
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व फुटबलमा सबैभन्दा लोकप्रिय बेलायतको उच्च श्रेणीको फुटबल लिग ‘इंग्लिश प्रिमियर लिग’ आज (शुक्रबार राति) बाट सुरु हुँदैछ । इन्ग्लिश प्रिमियर लिगको २०१७–१८ को सिजन पहिलो खेलमा शुक्रबार राति आर्सनल र लेस्टर भिड्दैछन् । जुन खेल आर्सनलको घरेलु मैदानमा हुनेछ ।

इमिरेट्स स्टेडियममा सुरु हुने इन्ग्लिश प्रिमियर लिगको नयाँ सिजन ऐतिहासिक सिजन समेत हो । इन्ग्लिश प्रिमियर लिगले यही सिजनबाट २५ औं वर्ष अर्थात रजत जयन्ती पार गर्दैछ । सन् १९९२ मा सुरु भएको इंग्लिश प्रिमियर लिग फुटबलमा यो सिजन २० क्लबले प्रतिस्पर्धा गर्नेछन् । 

प्रिमियर लिगले धेरै आरोह, अवरोह पार गरेको छ । प्रिमियर लिगको सर्वाधिक उपाधि जित्ने टिम म्यानचेस्टर युनाइटेड हो । युनाइटेडले हालसम्म १३ पटक उपाधि जितेको छ ।  यो सिजन कसले जित्छ त्यो त अहिले भन्न सकिने अवस्था छैन । तर, विश्व फुटबल प्रेमीलाई भने नयाँ सिजनको सुरुवातले उत्साहित बनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रिमियर लिगको २५ औं सिजन वसन्तसम्म धेरै इतिहास कायम गरेको छ । प्रिमियर लिग सुरु भएयता सन् २०१६–१७ को सिजनसम्ममा ३ हजार ८३५ खेलाडीले खेलेका छन् । इंग्लिश प्रिमियर लिगको २५ वर्षको अवधिमा ९ हजार ७४६ खेल भएका छन् । जसमा हालसम्म ४७ क्लबले खेलेका छन् । र, यो अवधिमा प्रिमियर लिगमा २५ हजार ७६९ गोल भएको छ ।  यस्तै प्रिमियर लिगमा हालसम्म १ हजार ४७७ रेड कार्ड प्रयोग भएको छ । 

यस्तोमा प्रिमियर लिगको नयाँ सिजनबारे आम दर्शकहरुलाई चासोको बिषय बनेको छ । फुटबल समर्थकहरुलाई प्रश्न उठ्न थालेको छ, के प्रिमियर लिग पुरानै गतिमा अघि बढ्छ, या बिस्तारै ओझेलमा पर्छ ?  जेहोस्, प्रिमियर लिगको भविष्यबारे कसैले बताउन सक्दैनन् ।  तर, प्रिमियर लिगको नयाँ सिजन केही नयाँपनका साथ सुरु हुँदैछ । यो सिजन नयाँ खेलाडी, नयाँ खेल सामग्री र नयाँ नियमका साथ सुरु हुँदैछ ।

Global Ime bank

यो सिजन इन्ग्लिश प्रिमियर लिगमा खेलाडी स्थानान्तरणले चर्चा पायो । खेलाडीहरु महँगो मूल्यमा सरुवा भए । म्यानचेस्टर युनाइटेडले यो सिजन कप्तान वाइन रुनीलाई एभर्टन पठायो । तर, युनाइटेडले एभर्टनबाट रोमेरो लुकाकुलाई ७५ मिलियन पाउण्डमा क्लबमा भित्रायो । यस्तै युनाइटेडले चेल्सीबाट निमान्जा म्याटिच र डिफेन्डर भिक्टर लिन्डेलफलाई क्लबमा भित्रायो । यो सिजन चेल्सीले रियल मड्रिडका स्ट्राइकर अल्भारो मोराटालाई ६० मिलियन पाउण्डमा भित्रायो । यस्तै म्यानचेस्टर सिटीले बेन्जामिन मेन्डि, आर्सनलले  एलेक्जेन्डर लाकेजेट्ट र लिभरपुलले मोहमद सलाहलाई मोटो रकममा क्लब भित्रायो । 

यो सिजन खेलाडीसँगै प्रिमियर लिगमा प्रयोग हुने खेल सामग्रीहरु नयाँ हुनेछन् । प्रिमियर लिगमा खेलाइने बल, क्लबको जर्सी, नयाँ प्रायोजक लगायतका कुराहरु नयाँ हुनेछन् । यो सिजन प्रिमियर लिगमा नाईकी कम्पनीको नाइकी ओर्डिम भी नामक बलको प्रयोग हुने छ । यो बल खेलाडीलाई कन्ट्रोल गरेर खेल्न निकै सजिलो हुनेगरी बनाइएको छ  ।

प्रिमियर लिगको २५ आैं सिजनमा इन्ग्लिश फुटबल एसोसियसन (एफए) ले केही यस्ता नयाँ नियमहरु लागु गर्दै छ । 

१. डाइभिङमा प्रतिबन्ध 

प्रिमियर लिग र फुटबलमा खेलाडीहरुले फल पाउनको लागि गर्ने  गलत नियतका साथ डाइभिङ गर्दै लड्ने चलन बढेपछि इन्ग्लिश फुटबलले यसलाई प्रतिबन्ध लगाएको छ  । यसअघि खेलाडीहरु विपक्षी खेलाडीले फल नगरेपनि घाइते भएको नाटक गर्दै लड्ने चलन बढेपछि एफएले प्रतिबन्ध लगाएको छ ।  यो नियम लागु भएपछि अनावश्यक डाइभ हान्ने र इन्जुरी भएको नाटक गर्ने खेलाडीले कार्ड पाउने छन् । त्यसपछि भिडियो फुटेजको आधारमा खेलाडीलाई प्रतिबन्ध लगाइने छ ।

२. डाक्टरलाई भिडियो रिप्लेको सुविधा 

खेलाडीहरुको सिरियस इन्जुरीलाई तत्काल उपचार गर्न सजिलो बनाउन प्रिमियर लिगमा यो सिजनबाट टिमको फिजियोलाई भिडियो रिप्लेको सुबिधा दिइने भएको छ । यो नियम अनुसार खेलाडी घाइते भएपछि खेलाडीको कुन भाग, के मा चोट लागेको छ त्यो छुट्याउन तत्काल फिजियोले खेलाडी घाइते हुँदाको भिडियो फुटेज उपलब्ध गराइने छ । यो नियमबाट घाइते खेलाडीको इन्जुरीबारे तत्काल जानकारी हुने र सजिलैसँग खेलाडीलाई चाँडो भन्दा चाँडो उपचार गर्न सकिने एफएले विश्वास लिएको छ ।

३. अवे खेल हेर्न जाने समर्थकलाई छुट 

इन्ग्लिश प्रिमियर लिगमा यो सिजन समर्थकहरुको लागि नयाँ सुविधा थपिएको छ । नयाँ सुविधाअनुसार एक क्लबका समर्थकहरु अर्को क्लबको घरेलु मैदानमा आफ्नो टिमलाई सपोर्ट गर्न जाँदा टिकटमा छुट दिइने छ । यो नियमपछि अवे खेल हेर्न जाने समर्थकहरुको लागि टिकट दर ३० पाउण्ड मात्र तोकिने छ । यस्तै स्टेडियमको एक भाग अवे समर्थकहरुको लागि सिटको व्यवस्था गर्नु पर्ने हुन्छ । 

४. मैदानको डिजाइन गर्न प्रतिबन्ध 

प्रिमियर लिगका सबै क्लबले अब आफ्नो अनुकूल र अनावश्यक मैदानको डिजाइन गर्न नपाउने भएका छन् । नयाँ नियमसँगै मैदानको खेल हुने मुख्य भाग सामान्य खालको हुने छ । पहिले रहँदै आएको सरफेसलाई परिवर्तन गर्न पाइने छैन ।

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७४  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement