काठमाडौं । चलचित्र निर्माता हरि महतले ‘आइसल्याण्ड स्पा एन्ड फिटनेस सेन्टर’ खोलेका छन् । काठमाडौंको बनस्थलीमा उक्त स्पा एन्ड फिटनेस सेन्टरको नायक आर्यन सिग्देल र नायिका पूजा शर्माले संयुक्त रुपमा उद्घाटन गरे ।
यस अघि ‘आई एम सरी’ र ‘पुन्टे परेड’ निर्माण गरेका महतले २५ लाखको लगानीमा उक्त स्पा एन्ड फिटनेस सेन्टर सञ्चालनमा ल्याएका हुन् ।
आइसल्याण्ड स्पा एन्ड फिटनेसका चेयरम्यान महतले ओपनिङ भएको बुधबारको दिनदेखि एक हप्तासम्म सेवा लिन आउनेलाई विशेष छुटको व्यवस्था रहेको जनाए । उनले यस सेन्टरबाट आयुर्वेदिक बडी थेरापी, स्वेडिस थेरापी, हेड एन्ड सोल्डर मसाज, योगा फिटनेस, वाक्सीङ, फेसियल, सौना एन्ड स्टिम लगायतको सेवा लिन सकिने जानकारी दिए ।
निर्माता महतले नेपालमा बक्स अफिस लागु भएको खण्डमा चलचित्र निर्माणलाई समेत निरन्तरता बताए ।