site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank

पोखरा । कास्कीको माछापुच्छ«े गाउँपालिका–५ रिभान पाथ्रेका १३ बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । 

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी घटनास्थलमै पुगी जिल्ला प्रशासन कार्यालयका तर्पmबाट हरेक बाढीपीडित परिवारलाई १५ हजार रुपैयाँ नगद, त्रिपाल र कम्बल वितरण गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति वामदेव ढुंगानाले संस्थाको तर्पmबाट ५० केजी चामल, कम्बल, भाँडाकुँडा, लत्ताकपडा लगायतका सामान वितरण गरे ।  

सो गाउँमा बाढीबाट अन्दाजी रु दुई करोड ८२ लाख ४५ हजारभन्दा बढीको धनमाल क्षति भएको घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक बिलबहादुर थापाले जानकारी दिए ।  

Global Ime bank

यस्तै, बाढीले हुम्दी खहरे खोलाको मोटरेबल पुल र कल्भर्ट पुल, बिजुलीको खम्बा, ट्रान्सफर्मर बगाउँदा रु ७६ लाख बराबरको सरकारी क्षति भएको छ । बाढीले विद्युत्को ट्रान्सफर्मर र खम्बा बगाउँदा गएरातिदेखि नै गाउँ अन्धकार बनेको छ । 

बाढीले एक गाई, चार बाख्रा र ५२५ भन्दाबढी कुखुरा पनि पुरेको छ । माथिबाट पहिरो आउँदै छ भन्ने सूचना पाएपछि घरमा सुतेका सबै गाउँले भागेर सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति भने हुन पाएन । 

बाढीपीडित अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् । भीषण वर्षासँगै हुम्दी खहरे खोला गाउँमा पसेको थियो । बाढीले घरमा राखेको अन्नपात, लत्ताकपडा र खेतबारीमा लगाएको धानबाली सबै नष्ट भएकोे प्रहरी सहायक निरीक्षक थापाले बताए । रासस 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २५, २०७४  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement