site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जनकपुर अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु, चिकित्सकको लापरवाही भएको आफन्तको आरोप 
Sarbottam CementSarbottam Cement

जनकपुर । जनकपुर अञ्चल अस्पतालमा एक बालकको उपचारका क्रममा मृत्यु भएको छ ।  बालकका आफन्तले भने अस्पतालको लापरवाहीका कारण बालकको ज्यान गएको बताएका छन् ।

मिथिला विहारी गाउँपालिका १० ठेरा बस्ने कैलाश मण्डलका १३ वर्षका छोरा राजा मण्डलको अस्पतालको लापरवाहीले ज्यान गएको आफन्तले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बालकलाई एक्कासी ज्वरो आएपछि ४ साउनमा विहान ९ बजे जनकपुर अञ्चल अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । त्यसपछि चेकजाँच गरि चिकित्सकहरुले भर्नाको लागि बेड खाली नभएको भन्दै फर्काएका थिए । बालकको स्वास्थ्य अवस्था खराब भएपछि साँझ ६ बजे पुनः जनकपुर अञ्चल अस्पतलकै अकास्मिक कक्षमा भर्ना गराएपछि उपचार शुरु गरिएको बुबा कैलास मण्डल बताउँछन् ।

“राति ९ बजे बालकको स्वास्थ्यअवस्था झनै खराब हुन थालेपछि ड्यूटीमा रहेका नर्स नैनतारा साह र कविता चौधरीलाई बुबा कैलासले पटक पटक छोरालाई हेरदिनुस् भनेर गुहार लगाउँदा उल्टै हप्काएर फर्काए,” मृतक बालकका बुवाले भने, “राति १२ बजे बालकको अवस्था अत्यन्तै चिन्ताजनक हुँदा ड्यूटीमा रहेकी नर्स नैनतारासा साह आफैले सुई लेखेर किनेर ल्याउन लगाई सुई लगाउनु भएको थियो । त्यसपछि बालकको अवस्था झनै चिन्ताजनक भएको थियो ।” 

Global Ime bank

कैलाशले आफ्नो छोरा बढी आत्तिएको भन्दै गुहार गरे पनि नर्सहरुले मोवाइल चलाएर व्यस्त भएको बताएका छन् । ड्यूटीमा रहेका डा.बैद्यनाथ ठाकुर ड्युटी छाडेर आफ्नो क्वाटरमा आराम गरिरहेको उनले बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार मण्डलले छोराको मृत्युपछि नर्समाथि हातपातको प्रयास पनि गरेका थिए । त्यसपछि प्रहरीले उनलाई २ घण्टा नियन्त्रणमा लिएर कुटपिट गरेको थियो ।
बुबा कैलासले उचित क्षतिपूर्ति र दोषी चिकित्सकलाई कारवाहीको माग गरेका छन् ।  ड्यूटीमा रहेकी नर्स नैनतारा साहले अन कलमा रहेका डा.बैद्यनाथ ठाकुरसँग सोधेर नै बालकलाई इन्जेक्सन दिए पनि बालकको मृत्यु अस्पतालबाट लगेपछि भएको दावी गरिन् । आफुमाथि मृतक बालकका पिता कैलाशले लठ्ठी बजारेपछि प्रहरीलाई बोलाएको बताईन् ।
यता जनकपुर अञ्चल अस्पताल प्रशासनले मृतक बालक जितेन्द्र मण्डलको मृत्युमा अस्पताल प्रशासन जिम्मेवार नभएको दावी गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७४  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC