site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पर्वत । स्थानीय कुश्मा नगरपालिका– १ पाङ घर भई आइबल एकेडेमी बोर्डिङ स्कुलका शिक्षक नारायण पौडेलको रहस्यमय मृत्युको थप अनुसन्धानका लागि पर्वतबाट बाग्लुङ जिल्ला प्रहरी कार्यालय पठाइएको छ । 

पर्वत जिल्ला प्रहरीले गरेको अनुसन्धानमा कुनै प्रमाण फेला पार्न सकेको थिएन । गत जेठ २५ गतेदेखि बेपत्ता भएका पौडेलको शव १५ दिनपछि बागलुङ जिल्लाको जैमुनी गाउँपालिका– ८ बेलवगरस्थित कालीगण्डकी नदी किनारमा फेला परेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

पौडेलको शव बागलुङ जिल्लामा भेटिएको र बागलुङ जिल्लाबाट पत्रसाथ जाहेरी दर्खास्त लगायतका कागजात पर्वत जल्ला प्रहरीमा प्राप्त भइ अनुसन्धान गरिरहे पनि सत्य –तथ्य व्यहोरा थाहा हुन नसेकेकाले बागलुङ नै पठाइएको बताइएको छ । 

शिक्षक पौडेलको परिवारले भने विद्यालयका प्रिन्सिपल र दुईजना अभिभावकसहितको मिलेमतोमा हत्या भएको भन्दै छानबिनका लागि जाहेरी दिएका थिए । पर्वत प्रहरीले सङ्कस्पद तीन जनालाई नियन्त्रणमा लिएर छानबिन गरिरहे पनि पनि कुनै तथ्य फेला पार्न सकेको थिएन ।रासस 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७४  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC