साहित्य
काठमाडौंं । अनुराग बसु निर्देशित चलचित्र ‘जग्गा जासुस’ ले रिलिजको दोस्रो दिन ११ करोड ५३ लाख कमाइ गरेको छ । बलिउड अभिनेता रणवीर कपुर र क्याटरिना केफ अभिनित यो चलचित्रले आफ्नो रिलिजको दिन ८ करोड ५७ लाखको कलेक्सन गरेको थियो ।
चलचित्रको जम्मा कमाइ २० करोड १० लाख पुगेको छ । चलचित्रको व्यापारमा ३० प्रतिशतको ग्रोथ छ । भारतभरि १८०० स्क्रिनमा रिलिज भएको यो चलचित्रले अन्य मुलुकमा ६१० स्क्रिन पाएको छ ।
अनुराग वसु र रणवीर यस अघि सन् २०१२ मा आएको चलचित्र ‘बर्फी’ मा सँगै आइसकेका छन् । ‘बर्फी’ ले पनि आफ्नो पहिलो दिन ८–९ करोडको बीचमा व्यापार गरेको थियो ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७४ १६:४५
प्रतिक्रिया दिनुहोस्