घटना क्रम

रेलमा कोइलाको प्रयोगमा नियन्त्रण गरिनेः भारत

नयाँदिल्ली । भारतका रेलहरुमा कोइलाको प्रयोग कम गर्दै बैकल्पिक उर्जाको प्रयोगलाई बढाउने भारतीय रेलसेवा मन्त्री सुरेश प्रभुले बताए ।
“अवैध व्यापार र भाडा दुवै भविश्यमा बढ्दै जाने छन्, ग्यास उत्सर्जनका लागि हरित गृहको बेवस्ता गरेको र बजारको माग अनुसार ती दुवै चुनौतीहरुलाई रेल सेवाले सामना गर्नेछ,” उनले राजधानी नयाँ दिल्लीमा भने ।
कोइला उत्पादन गर्ने कारखानाबाट उत्पादित कोइला ठूलो मात्रामा भारतको राज्यद्धारा संचालित रेलहरूले खपत गर्दै आइरहेका छन् ।
मन्त्री प्रभुले गत महिना पनि भारतीय रेल सेवालाई कोइलामाथिको निर्भरता कम गर्न परम्परागत रेलमार्गमा सुधार गर्दै विद्युतीय रेलमार्ग बनाउने बताए ।
“वातावरणीय प्रभावलाई ध्यान दिँदै हामीले परम्परागत प्रयोगलाई कम गर्ने प्रयास गरिरहेका छौं, अव विद्युतीय रेलमार्ग बनाउने लगायतका नयाँ प्रयोगका प्रयासहरु सुरु गर्ने छौं र कोइलाको प्रयोग कम हुनेछ,” उनले विश्व वातावरण दिवसको अवसरमा भने ।
भारतीय रेल सेवा विश्वकै सवै भन्दा ठुलो सञ्जाल भएको रेल सेवा हो । भारतमा झण्डै नौ हजार रेलहरू सञ्चालनमा रहेका छन् भने हरेक दिन एक करोड असी लाखले सेवाको प्रयोग गर्दछन् । रासस/ सिन्ह्वा
 

तपाईंको मत