site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्मीले जित्यो उपाधि, एपीएफसँग लियो बदला (२१ तस्बिर)

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटको उपाधि जितेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई ३४ रनले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपीएफले ४१.३ ओभरमा सबै विकेट गुमाउँदै १७८ रन मात्र जोड्न सक्यो । दोस्रो संस्करणको पीएम कपमा एपीएफले आर्मीलाई पराजित गर्दै उपाधि जितेको थियो । यस संस्करणमा आर्मीले उक्त हारको बदलासमेत लिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

हरेक संस्करणमा फाइनल पुगेको आर्मीको यो दोस्रो उपाधि हो । पहिलो संस्करणमा नेपाल पुलिस क्लबसँग आर्मीले ट्रफी बाँडेको थियो । यसअघि, तेस्रो संस्करणमा आर्मी पुलिससँग नै पराजित भएको थियो ।

फाइनलमा एपीएफका लागि ओपनर ब्याट्सम्यान आसिफ शेखले अर्धशतकीय पारी खेले पनि टोलीको जितका लागि पर्याप्त हुन सकेन । उनले खराब सुरुवात गरेको एपीएफका लागि ७१ बलको सामना गर्दै आठ चौका र एक छक्काको मद्दतमा ६१ रन बनाए ।

एपीएफको २१ रन हुँदा पहिलो विकेटको रुपमा ओपनर ब्याट्सम्यान सुवास खकुरेललाई चौथो ओभरको पहिलो बलमा गुमाएको थियो । सोही ओभरको दोस्रो बलमा नै कप्तान शरद भेषावकर गोल्डेन डकआउट हुन पुगे । त्यसपछि शंकर रानाले आसिफसँग ७१ रनको साझेदारी गर्दै टोलीको पारी उकास्ने प्रयास गरेका थिए । तर, राना २१ रनमा खेल्दै गर्दा शाहब आलमको बलमा कट बिहाइन्ड हुँदै विनोद भण्डारीको हातबाट क्याचआउट हुँदै पेभिलियन फर्किए । उनले ४७ बलको समना गर्दै तीन चौकासहित २१ रन जोडे । सन्दीप जोराले २९ रनको योगदान दिए । उनले ३७ बलमा एक चौका र एक छक्का प्रहार गरेका थिए । यस्तै, सुमित महर्जनले १९ रनको योगदान दिँदा भुवन कार्कीले नौ, अमर रौटेला एक, कमल ऐरी दुई र अभिनाश बोहरा शून्य रनमा पेभिलियन फर्किए ।

एपीएफलाई सस्तैमा समेट्न बलिङतर्फ आर्मीका लागि जितेन्द्र मुखिया, शाहब आलम र बिक्रम सोबले समान तीन/तीन विकेट लिए । जितेन्द्रले नौ ओभरमा एक मेडन राख्दै ३७ रन खर्चेर तीन विकेट लिएका हुन् । त्यस्तै, बिक्रमले समान ओभरमा २७ रन खर्चंदै तीन विकेट लिए । आलमले ९.३ ओभरमा २८ रन खर्चंदै तीन विकेट लिए । सुशन भारीले एक विकेट लिए ।

यसअघि, हरि चौहानको अर्धशतकको मद्दतमा आर्मीले एपीएफलाई उपाधिका लागि २१२ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २११ रन जोडेको थियो ।

आर्मीका लागि वान डाउनमा मैदान प्रवेश गरेका हरिले अर्धशतकीय पारी खेले । उनले १०२ बलमा ६ चौका प्रहार गर्दै टोलीका लागि सर्वाधिक ५८ रन बनाए । ओपनर गएका सुशन भारी नवौँ ओभरको अन्तिम बलमा पेभिलियन फर्किएपछि उनको स्थानमा हरि मैदान प्रवेश गरेका थिए । उनी अभिनाश बोहराले फालेको ४७औँ ओभरको पहिलो बलमा कमल ऐरीको हातबाट क्याचआउट हुन पुगेका थिए । भारीले आर्मीका लागि १३ रनको योगदान दिए ।

त्यस्तै, दोस्रो विकेटको रुपमा आर्मीले अनित मण्डललाई गुमाएको थियो । टोलीको ३२ रन हुँदा दशौँ ओभरको पहिलो बलमा मण्डल आर्मीको दोस्रो विकेटको रुपमा पेभिलियन फर्किएका थिए । ११ रनमा खेलिरहेका मण्डल अभिनाश बोहराको बलमा आसिफ शेखको हतबाट क्याचआउट भएका थिए ।

तेस्रो विकेटको रुपमा भीम सार्की सात रनमा आउट हुन पुगे । त्यसपछि मैदान आएका रोशित पौडेलले १३ रनको योगदान दिए । उनी भुवन कार्कीको बलमा लामो सट खेल्ने चक्करमा अमर रौटेलाको हातबाट क्याचआउट भएका थिए । कप्तान विनोद भण्डारी सात रनमा एलबीडब्लु आउट हुँदा उनको स्थानमा राजेश पुलामी मैदान प्रवेश गरेका थिए । पुलामीले हरिसँग ४४ रनको साझेदारी गरे । किशोर महतोको बलमा बोल्ड आउट हुन पुगेका पुलामीले २९ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २८ रनको योगदान दिएका थिए । नौ बल खेलेका लोकश बमले दुई चौकासहित १५ रन जोड्दा बिक्रम सोबले ११ रन जोडे ।

साहब आलमले रनको योगदान दिए । उनले १४ बलमा दु्ई चौका र एक छक्का प्रहार गर्दै २५ रनको अविजित पारी खेले । त्यस्तै, जितेन्द्र मुखिया शून्य रनमा अविजित रहे ।

बलिङतर्फ एपीएफका लागि मेडियम फास्ट बलर अभिनाश बोहराले सर्वाधिक चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दा दुई ओभर मेडन फाल्दै २५ रन खर्चेर चार विकेट लिएका हुन् । त्यस्तै, किशोर महतोले दुई तथा कमल ऐरी, भुवन कार्की र कप्तान शरद भेषावकरले एक/एक विकेट लिएका थिए ।

तस्बिरहरुः सुनील प्रधान/बाह्रखरी ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro