खेल
काठमाडौं । प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले गण्डकी प्रदेशलाई १५४ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरको छ ।
बुधबार दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरको वाग्मतीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५३ रन बनायो ।
वाग्मतीका लागि विन्दु कटवालले सर्वाधिक ३८ रनको योगदान गरिन् । सुमन खतिवडाले ३१ रन बनाउँदा कञ्चन श्रेष्ठले २७ तथा आरती विडारीले १० रन जोडिन् ।
बलिङतर्फ गण्डकीका लागि अलिसा लामिछानेले २ विकेट लिइन् ।
आजको खेलमा जित निकाल्दै दुवै टोली प्रतियोगितामा आफ्नो स्थान बनाइराख्न चाहन्छन् ।
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७ १५:२५
प्रतिक्रिया दिनुहोस्