site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जोरपाटी–सुन्दरीजल सडक विस्तारले गति पाउँदैछ ! 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । जोरपाटी–सुन्दरीजल सडक विस्तार कार्यले चार वर्षपछि गति लिएको छ । स्थानीयले जग्गा खाली नगर्दा काम रोकिएको थियो । गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाका अनुसार सडक क्षेत्रमा रहेका संरचना हटाउने काम ६० प्रतिशत सकिएको छ । स्थानीयबासीको सहमतिमा सडक विस्तारको काम सुरु गरेको उनले बताए । ‘‘गोकर्णेश्वरका सबै  सडकखण्डमा संरचना भत्काउने काम भइरहेको छ । घरका आँगन, सिँढी, विद्युत्का पोल, ढलका नाली खोल्ने काम गरी सडकको लेन लम्ब्याइँदै छ,’’ उनले भने ।

उक्त सडकखन्ड २०७५ भदौमा कालोपत्रे भइसक्नुपर्ने थियो । चार वर्षअघि ठेक्का सम्झौता भएको थियो । पहिलोपटक थपिएको म्याद गएको भदौमा सकियो । दोस्रोपटकको म्यादानुसार आउँदो असार मसान्तसम्म काम सकाउनुपर्ने सडक विस्तार आयोजनाले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सडक नबन्दा घाम लागेका बेला धुलो र पानी परेको बेला हिलोको सास्ती खेप्न बाध्य भएको स्थानीयबासी आयुश ढुंगेल बताउँछन् । यही सडकखन्ड हुँदै सुन्दरीजल, चिसापानी, हेलम्बु, लामटाङलगायतका पर्यटकीय क्षेत्रमा पुग्न सकिन्छ । ५४ करोड रुपैयाँमा सात किलोमिटर सडक विस्तार गर्ने गरी ठेक्का सम्झौता भएको थियो । जसअन्तर्गत् कालोपत्रे पनि पर्छ ।

कालोपत्रेको काम आउँदो फागुनको तेस्रो हप्तासम्म सुरु गर्ने योजना बनाएको निर्माण व्यवसायी शान्तकुमार श्रेष्ठले बताए ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro