site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अमेरिका र रोमानिया पठाइदिने भन्दै ठगी : दुई महिला पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा अमेरिका र रोमानिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१९ की ५५ वर्षीया चन्द्रकला रदाखु राई र महोत्तरीको सोनाम गाउँपालिका–२ की ५४ वर्षीया सरिताकुमारी यादव छन् । 

चन्द्रकलाले अमेरिका पठाइदिने भन्दै सातजनाबाट ४२ लाख रुपैयाँ संकलन गरेकी थिइन् । सरिताले रोमानिया पठाइदिने भन्दै एकजनाबाट ६ लाख ३० हजार रुपैयाँ लिएकी थिइन् । त्यसपछि उनीहरू सम्पर्कविहीन भएका थिए ।

Dabur Nepal
NIC Asia

पीडितको उजुरीको आधारमा चन्द्रकलालाई काठमाडौंको बौद्धबाट गएको बिहीबार पक्राउ गरिएको हो । सरितालाई ललितपुरबाट शुक्रबार (हिजो) पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

चन्द्रकलालाई आवश्यक अनुसन्धान र कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । सरितालाई वैदेशिक रोजगार विभागमा पठाइएको उक्त कार्यालयका सूचना अधिकारी एवं एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro