site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सेनाको अधिकृत भन्दै ठगी गर्ने समातिए

काठमाडौं । नेपाली सेनाको अधिकृत हुँ भनेर झुक्याई ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–३ का ३० वर्षीय राजु कार्की छन् ।

आफूलाई नेपाली सेनाको अधिकृत बताएर झुटो विश्वास दिलाई तीन लाख रुपैयाँ लिएर फरार भएको उनीमाथि आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

थप अनुसन्धान र कारबाहीका निम्ति उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको छ ।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro