site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मन्त्रीनिवासमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरु

काठमाडौं । ललितपुरको भैँसेपाटीस्थित संघीय सरकारका मन्त्री एवं प्रदेशका मुख्यमन्त्रीको आवासलगायत क्षेत्रमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरु भएको छ । संघीय सरकार खानेपानी मन्त्रालयअन्तर्गत काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका विभिन्न स्थानमा खानेपानी पुर्‍याउनका लागि बोलपत्रसहितको प्रक्रिया सुरु गरेको हो । 

यसअघि मन्त्रीनिवास भैँसेपाटीलगायत ठाउँमा खानेपानीको आपूर्ति भएको थिएन । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका आठ स्थानमा खानेपानी आयोजना निर्माणका लागि बोलपत्रसहितको प्रक्रिया सुरु गरेको खानेपानी मन्त्रालयले जनाएको छ ।

Dabur Nepal
NIC Asia

काठमाडौं उपत्यका खानेपानी लिमिटेडद्वारा आह्वान गरिएको बोलपत्रमा ललितपुर महानगरपालिका–१८, सैंबु भैँसेपाटीमा रहेको मन्त्री निवाससहित ललितपुर महानगरपालिका–१८, मगरगाउँ, ललितपुर महानगरपालिका–१४, बूढामार्ग, ललितपुर महानगरपालिका–१५, युलेन्स स्कुल, धापाखेल, ललितपुर महानगरपालिका–१७, बाफल, ललितपुर महानगरपालिका–२६, चोखेल, ललितपुर महानगरपालिका–१५, शान्तिनगर माइक्रोपार्क, ललितपुर महानगरपालिका–८, ९ बोजेपोखरी र बालकुमारी पुल गरी जम्मा आठ ठाउँको खानेपानी निर्माणका लागि बोलपत्र आह्वान गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

योजनाअन्तर्गत ती स्थानमा खानेपानी निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी सर्वसाधारणलाई शुद्ध तथा दिगो खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको छ। 

परियोजनाले विशेषतः सहरी र अर्ध–सहरी क्षेत्रमा खानेपानीको आपूर्ति सुधार गर्ने उद्देश्य राखेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए । रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro