site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बढ्यो जग्गाको कारोबार, एक महिनामै ३७ करोड ७३ लाख राजस्व वृद्धि
फाइल तस्बिर ।

काठमाडौं । अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी भूमिका खेल्ने एउटा क्षेत्र जग्गाको कारोबार बढ्न थालेको छ । गत आर्थिक वर्ष २०८०/०८१ को मंसिर–पुस र चालु आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिलाई तुलनामा गर्दा जग्गाको कारोबार बढ्न थालेको हो । यसका साथै यही आर्थिक वर्षको मंसिरको तुलनामा पुसमा जग्गाको कारोबार बढेको छ ।

जग्गाको कारोबार बढ्न थालेसँगै कारोबारीहरू पनि उत्साहित हुन थालेका छन् । घरजग्गाको कारोबार नबढ्दा बैंकरदेखि घरजग्गा कारोबारीहरू चिन्तित थिए । पछिल्ला दिनमा जग्गाको कारोबार बढ्न थालेसँगै निरन्तरता पाउनेमा व्यवसायीहरू आशावादी देखिन्छन् । 

गत वर्षको तुलनासँगै चालु आर्थिक वर्षको मंसिरमा भन्दा पुसमा पनि जग्गाको कारोबार बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको पुसमा एक लाख ४० हजार ६२१ कित्ता जग्गाको कारोबार भएको छ । चालु आर्थिक वर्षकै मंसिरमा एक लाख २८ हजार ३८२ कित्ताको कारोबार भएको थियो ।

जग्गाको कारोबार बढेसँगै राजस्व संकलनमा वृद्धि भएको छ । जग्गाको कारोबारबाट मंसिरमा तीन अर्ब ८७ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएकोमा पुसमा चार अर्ब २५ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । मंसिरको तुलनामा पुसमा राजस्व संकलन ३७ करोड ७३ लाख रुपैयाँले बढेको हो ।

गत आर्थिक वर्षको मंसिर र पुसको तुलनमा यो आर्थिक वर्षको मंसिर र पुसमा राजस्व संकलन तथा कारोबार कित्ता बाढेको हो । गत आर्थिक वर्षको पुसमा एक लाख ३६ हजार ७७० कित्ता जग्गा कारोकार भएको थियो । त्यस्तै मंसिरमा एक लाख २७ हजार ६३९ कित्ता कारोबार भएको थियो ।

घरजग्गाको कारोबार बढ्दै गएपछि सन्तुष्ट हुने ठाउँ नरहेको नेपाल जग्गा तथा आवास विकास महासंघका निवर्तमान अध्यक्ष भेषराज लोहनी बताउँछन् । बैंकहरूले ब्याजदर घटाउँदै लगेपछि त्यसको फाइदा उगाउन जग्गामा पैसा लगानी गर्ने बढेको उनी बताउँछन् ।

जग्गाको कारोबार पहिलेको तुलनामा अहिले केही मात्रामा बढेको नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव रोशन भोयद्योले बताए । तर, अझै पनि समस्या समाधान भएर सुधारै भइसकेको भन्ने स्थिति नरहेको भोयद्यो बताउँछन् । 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro