site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

गोरखा । सुत्केरी बेथाले थलिएकी उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– ६ चुम्चेत गो गाउँकी २९ वर्षीया पासाङ भुटी लामा ‘छोर्तेन’ को शनिबार दिउँसो हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि राजधानी लगिएको छ । 

शुक्रबारदेखि सुत्केरी बेथा लागेपनि परिवारको आर्थिक अवस्था नाजुक हुँदा हेलिकप्टर चार्टर गर्न सकिएको थिएन । जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख केदारराज पराजुली र चुम्चेत घर भई काठमाडौँमा रहेका धावा ग्याल्जेन लामाको पहलमा हेलिकप्टरमार्फत लामाको उद्धार गरिएको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

लामालाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली काठमाडौँमा उपचार गरिएको छ । धावाले भने, “आमाको सफल शल्यक्रिया गरियो । अहिले अवस्था राम्रो छ । तर शिशु (छोरी) बचाउन सकिएन ।” सुत्केरी बेथाले च्यापेको २४ घन्टासम्म शिशु नजन्मिएपछि हेलिकप्टरको खोजी गरिएको थियो । 

चुम्चेतमा स्वास्थ्य सेवा गतिलो छैन । सदरमुकामको अस्पताल आउन चार दिन पैदल हिँड्नुपर्छ । चुम्चेतमा सडक पहुँच पुगेको छैन । उत्तरी भेगका गाउँमा हरेक वर्ष समयमै उपचार नपाउँदा सुत्केरीको ज्यान जाने गरेको छ । हेलिकप्टर चार्टर गर्न कम्तीमा रु दुई लाख लाग्छ । 

Royal Enfield Island Ad

जिल्ला जनस्वास्थ्य प्रमुख केदारराज पराजुलीले हेलिकप्टरको भाडा कार्यालयका तर्फबाट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् । रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १७, २०७४  २३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro