ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका विश्वनाथ सिटौला विजयी भएका छन् ।
उनले दुई हजार २२७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीबहादुर केक्सोले दुई हजार २१४ मत ल्याए ।
उपाध्यक्षमा एमालेका मञ्जु भट्टराई दुई हजार १८१ मत ल्याई विजयी भइन् । उनको प्रतिद्वन्द्वी कांग्रेसका ममता सुब्बाले दुई हजार २४ मत ल्याए । आठराई त्रिवेणी नगरपालिकाको पाँच वडामध्ये दुई वडामा काँग्रेस, दुई वडामा एमाले र एक वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
वडा नं १ मा कांग्रेसका पूर्णकुमार सिटौलाको समूह, २ नं वडामा पनि कांग्रेसको सोमप्रसाद विमलीको समूह, ३ नं मा एमालेका देवी खरेलको समूह, ४ नं मा पनि एमालेको डम्बरबहादुर लिम्बूको समूह र वडा नं ५ मा नेकपा माओवादी केन्द्रका सन्तोष लिम्बू विजयी भएका छन् ।
यस्तै मिक्वा गाउँपालिकाको अध्यक्षमा एमालेका रामकुमार सावा विजयी भए । उनले एक हजार ४८४ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका भक्तबहादुर कार्कीले एक हजार ४५६ मत ल्याए ।
उपाध्यक्षमा कांग्रेसका रद्रकुमारी लिम्बूले एक हजार ४८९ मत ल्याई विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका मीना पेदेनले एक हजार ३८२ मत ल्याए ।
रासस