देश
![छोराको कुटाइबाट आमाको मृत्यु](https://12khari.top/uploads/posts/2020-11-01_dead-women-1.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
सिरहा । बोक्सी भन्दै छोराले कुटपिट गर्दा सिरहाको कर्जन्हा नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । छोराको कुटाइबाट घाइते ७५ वर्षीया सुदामादेवी साह सोनारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत मङ्गलवार कान्छो छोरा रामअवतार साहको कुटपिटबाट घाँटीमा गम्भीर चोट लागेर घाइते सुदामादेवीको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बोक्सीको आरोपमा कुटपिट गरी आमाको हत्या गरेका आरोपी रामअवतारलाई पक्राउ गरिएको र उनीमाथि कानूनी कारवाही अघि बढाइएको प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले जानकारी दिए । - रासस
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७ २०:४०
प्रतिक्रिया दिनुहोस्